काठमाडाैँ, कार्तिक २ गते। चीन भ्रमणमा गएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सामान्य हृदयघात भएको छ । वेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार श्रेष्ठको कोरोनरी आर्टरी ब्लकेज भएको हो ।
उनको मुटुको एन्जीओप्लास्टी गरिएको छ । श्रेष्ठको अपरेशन सफल भएको र अहिले अवस्था सामान्य रहेको उनका भतिजा डा.शितलकाजी श्रेष्ठले जानकारी दिएका छन् । अहिले उनलाई वेइजिङको पेकिङ युनिभर्सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर’ मा स्टेन्ट हालेर आइसियुमा राखिएको छ ।
श्रेष्ठ बिआरआई सम्मेलनमा भाग लिन चीन पुगेका थिए । उनलाई छातिमा समस्या देखिएपछि राति अस्पताल भर्ना गरिएको थियो ।