नेभिगेसन मेनु

सफा र निलो आकाशमा हिमालय एयरलाइन्सको चङ्गा चैट
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-10-17 19:13
646
Mute
Current Time 0:00
/
Duration Time 0:00
Loaded: 0%
Progress: 0%
Stream TypeLIVE
Remaining Time -0:00
 

IMG_4120

प्रतियोगिता भन्दा पहिले सामूहिक तस्बिर खिचाउँदै खेलका सहभागिहरु। तस्बिर - रिया श्रेष्ठ/ एस ए टी भी

काठमाडाैँ, असोज ३० गते।  दशैं भन्नासाथ धेरैको मनमा चङ्गाको झल्को आउन सक्छ। नआओस् पनि कसरी ? बच्चामा हामी सबैले एक न एक पटक त चङ्गा उडाएकै छौं । समय र पैसाको भाग दौडमा अहिले त्यस्तो चलन हराउँदै गएको देखेरै होला काठमाडौंको गैरीधारास्थित हिमालय एयरलाइन्सले आफ्नो कर्मचारीमाझ चङ्गा उडाउने प्रतियोगिताको आयोजना गरेको छ।

एकता र परम्परालाई निरन्तरता दिनको लागि हिमालय एयरलाइन्सले प्रतियोगिताको आयोजना गरेको हो । सँगै कार्यरत रहेका कर्मचारीहरुको मनोबल र हर्ष बढाउन हिमालय एयरलाइन्सले "एच ९ दामी चङ्गा", "एच ९ चङ्गा चैट" जस्ता निष्पक्ष प्रतिस्पर्था गराई रहने गरेको छ।

IMG_4229

चङ्गा उडाउन उल्टो गिन्तिको प्रतिक्षामा। तस्बिर - रिया श्रेष्ठ/ एस ए टी भी

प्रतिस्पर्धाले आन्तरिक सम्बन्ध सुधार र सफल नतिजा दिने कम्पनीले विश्वास जनाएको छ। प्रतियोगितामा २० जना सहभागी रहेका छन्। ५ जनाको एउटा समूह गरी जम्मा ४ वटा टिम बीच प्रतिस्पर्धा हुनेछ। कम्पनी भित्रै रहेको विभिन्न विभाग बीच प्रतिस्पर्धा गराइ विजेता छनोट गरिने आयोजकको भनाइ छ।

IMG_4161

" नेपालमा विभिन्न जात जाति र वर्गको बसोबास रहिआएको छ। भिन्नै चालचलन भएकाहरूलाई पनि सांस्कृति र परम्पराले एउटै दोभान वा त्रिवेणीमा बानेर राख्दछ। हो त्यसरीनै हिमालय परिवारको एकता झल्काउन पनि यस कार्यक्रमको आयोजना गर्नु पर्ने थियो। तसर्थ विगत दुई वर्ष देखि प्रतिस्पर्धाको आयोजना गराउँदै आएका छौ।" कम्पनीका उपाअधक्ष्य विजय श्रेष्ठले बताउनु भयो।

IMG_4172

हिमालय एयरलाइन्सको ब्रान्ड विभाग प्रमुख उज्ज्वला दालीले प्रतियोगिताको बारेमा एस् ए टि भी सँग बताउनु भयो "हामी सबै नेपाली चाडपर्वहरूमा कम्पनीको उत्सवको ख्याल राख्छौं। विजयादशमीमा हिमालयले चङ्गा उडाउने परम्परालाई युवा पुस्ताद्वारा अगाडि बढाएको छ" ।

IMG_4092

नेपाली हवाई उड्डयन क्षेत्रको एक सफल उडान कम्पनी हो ‘हिमालय एयरलाइन्स’। चिनियाँतिब्बत सिभिल एभिएसन डेभलपमेण्टको ज्वाइन्ट भेन्चरको रुपमा सञ्चालित हिमालय एयरलाइन्सले आफ्नो स्थापना कालको करिब ९ वर्ष पुरा गरिसकेको छ । सन् २०१४ अगष्ट १९ मा स्थापित कम्पनीले स्थापनाकालको दुई वर्षपछि अर्थात् सन् २०१६ मे ३१ बाट आफ्नो व्यवसायिक उडान सुरु गरेको थियो । यसले हाल ९ देशका दर्जन बढी सहरमा आफ्नो नियमित उडान विस्तार गर्न सफल भइसकेको छ ।

IMG_4149

किन उडाइन्छ दशैंमा चङ्गा ?

केटाकेटीहरु नयाँ लुगा लगाएर पिङमा झुम्मिन्छन् र विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन् । हुन त काठमाडौं उपत्यका बाहिरका शहर र गाँउहरुमा पनि दशैंमा चङ्गा नउडाइने होइन तर विशेषगरि काठमाडौं उपत्यकामा यो प्रचलन बढि रहेको छ । दशैंमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने एकिन तथ्य नै त छैन तर, बुढापाकाका अनुसार दशैंमा चङ्गा उडाउने प्रचलन धेरै पुरानो हो ।

दशैंमा चङ्गा उडाउने प्रचलनको कारणबारे खोतल्दै जाँदा यो धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वर्षा र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्याउन चङ्गा उडाउने प्रचलन सुरु भएको जनविश्वास रहेको छ । दशैंमा चङ्गा उडाइनुको अर्को प्रमुख कारण भनेको मौसम पनि हो । शरद ऋतुमा पर्ने दशैं आसपासको समयमा आकाश खुल्ला र सफा हुन्छ ।

चङ्गा उडाउनको लागि मन्द हावाको बहाव उपयुक्त हुन्छ । दशैंताका झरि पर्ने वा हुस्सु लाग्ने गर्दैन त्यसैले चङ्गा उडाउन उपयुक्त हुन्छ । यतिखेर चैतबैशाखमा जस्तो हावाको बहाव पनि धेरै हुँदैन र चङ्गा सन्तुलित हुन्छ । त्यस्तै दशैंमा स्कूल कलेजहरु धेरै दिन बिदा हुनाले पनि केटाकेटीहरुलाई पढाईलेखाईको चाप हुँदैन । फुर्सदमा रङ्गीबिरङ्गी चङ्गा उडाउन पाँउदा उनीहरुको खुसीको सीमा नै हुँदैन ।

IMG_4187

चङ्गा उडाउने खेलले के कुरा सिकाउँछ ?

दशैंको समयमा काठमाडौंका प्राय घरहरुका कौसीहरुबाट माथि माथि आकाशसम्म पुग्ने गरि चङ्गाहरु उडाइरहेको देख्न सकिन्छ । दशैंको मनमोहक मौसममा रङ्गी बिरङ्गी चङ्गा उडेको देख्दा कसको मन नरमाउला र ? दशैं लागेसँगै टोलटोलमा समूहसमूहबीच चङ्गाचेट प्रतियोगिता पनि हुने गरेको पाइन्छ । प्रतियोगीमध्ये जसको चङ्गाले अरुको चङ्गालाई चेट बनाएर अन्तिमसम्म उडिरहन सफल हुन्छ उ नै विजयी हुने गर्छ । तर, चङ्गा उडाउनुलाई एक खेलको रुपमा मात्रै लिनुहुन्न । यो त एक जीवन जिउने कला पनि हो । चङ्गा उडाउने खेलले हामीलाई धेरै कुराहरु सिकाउँछ ।

चङ्गा उडाउने खेलले हामीलाई मानसिक रुपमा बलियो बनाउँछ र हामीमा महत्वाकांक्षा जगाउँछ । मानिसहरुलाई आकाश छुने लक्ष्य लिन सिकाउँछ र चङ्गाजस्तै उड्ने इच्छा जगाउँछ । त्यस्तै, चङ्गा उँडाउदा आफ्नो चङ्गालाई बँचाएर अर्काको चङ्गालाई चेट बनाउनको लागि प्रयास गरिरहनुपर्छ । उसले मानिसलाई अन्तिम समयसम्म हार नमानीकन आफ्नो काममा मात्रै आफ्नो ध्यान केन्द्रित गर्न सिकाउँछ । चङ्गा उडाउने खेल हावाको गतिमा भर पर्छ । चङ्गा राम्रोसँग उडाउनको लागि हावाको गतिसँग सन्तुलन मिलाउन धेरै गाह्रो हुन्छ । हावाले अतिकति दिशा बदल्यो वा हावाको बेग बढ्यो भने हाम्रो चङ्गा भुँईमा खस्न सक्छ । मसिनो धागोमा बाँधिएको ठूलो चङ्गालाई हावाको गतिसँगै सन्तुलित बनाएर आकाशमा माथि माथि उडाँउन साँच्चै नै कठिन हुन्छ र यसले मानिसलाई जिन्दगीको चुनौतीसँग परिचित गराउँछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्(0)
उप्पर