नेभिगेसन मेनु

मानवजातिको साझा भाग्य निर्माणमा सहकार्यको खाँचो
सम्पादक:南亚网络电视
लेखक:छन सोङ
समय:2023-10-19 12:39

Chen-Shong2023-10-19-06-55-15

अहिलेको युग आशा र चुनौती दुवैले भरिएको छ । इतिहासको चौबाटोमा उभिएका हामी आपसमा मिलेर जाने हो अथवा विभाजित हुने हो या थप खुला हुँदै जाने हो ? आफूलाई अरूबाट अलग्याउँदै जाने हो वा अरूसँग सहकार्य गर्दै जाने हो अथवा अरूको विरोध गर्दै जाने हो ? हामीले गरेका विवेकसम्मत चयनले सम्पूर्ण मानवजातिको हितलाई प्रभाव पार्छ । वास्तवमा यी प्रश्नले प्रत्येक देशको ज्ञानविवेकको पनि परीक्षा लिइरहेका छन् ।

अहिले विश्वमा विभिन्न देशबीचको आपसी सम्बन्ध र अन्तरनिर्भरता अभूतपूर्व रूपमा गहिरिएको छ । मानवजाति एउटै पृथ्वी ग्रहमा एकै समयमा बाँचिरहेको छ । सम्पूर्ण मानवजातिको साझा भाग्यको समष्टि बन्दै गइरहेको छ । १० वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले मानवजातिको साझा भाग्यको समष्टि निर्माण गर्ने अवधारण प्रस्तुत गर्नुभएको थियो । त्यसको उद्देश्य ‘मानवजाति कतातिर गइरहेको छ ?’ भन्ने विश्वको प्रश्न, इतिहासको प्रश्न र युगको प्रश्नको जवाफ दिनु थियो, अलमलमा परिरहेको विश्वलाई बाटो देखाउनु थियो । त्यो विभिन्न देशका जनता हातमा हात मिलाई आफ्नो वासस्थानको रक्षा र समृद्धिशाली सुन्दर भविष्यको साझा उपभोगका लागि प्रस्तुत गरिएको चिनियाँ सूत्र थियो ।

मानवजातिको साझा भाग्यको समष्टिको निर्माण गर्नु भनेको हरेक जाति, देश र व्यक्तिको भविष्य र भाग्यलाई जोड्नु हो; हरेक कठिनाइमा एकसाथ रहनु हो, सम्मान र अपमानलाई एकसाथ रहेर भोग्नु हो । पृथ्वीलाई एक सामञ्जस्यपूर्ण विशाल परिवारमा रूपान्तरण गरी दीर्घ शान्तिपूर्ण, सुरक्षित, साझा समृद्धिशाली, खुला एवं समावेशी स्वच्छ सुन्दर विश्वको निर्माणलाई अघि बढाई हरेक देशका जनताको सुन्दर यथार्थमा बदल्नु विश्वको निर्माणलाई सुन्दर जीवनप्रतिको चाहनालाई यथार्थमा बदल्नु हो भन्ने धेरै देश र जनताले बुझ्न थालेका छन् । यो अवधारणा सम्पूर्ण मानवजातिको साझा हितसँग जोडिएको छ, यसले विश्वका जनताको शान्ति, सत्य र उन्नतिप्रतिको चाहनाको प्रतिनिधित्व गर्छ । यो हरेक देशका जनताको संयुक्त रूपमा सुन्दर विश्व निर्माण गर्ने अभिलाषाको एकत्रित अभिव्यक्ति हो । हरेक देशको एकता, सहकार्य, मानवजातिको सुन्दर भविष्यको संयुक्त निर्माणमा यसले महत्वपूर्ण अर्थ राख्छ ।

चीन प्रस्तावकका साथै प्रद्र्धधक पनि हो :  नयाँ अवधारणाले नयाँ कार्यलाई सम्भव बनाउँछ र नयाँ कार्यदिशाले परिणाम सुनिश्चित गराउँछ । १० वर्षअघि चीनले पूर्ण विश्वास र ठोस कार्यद्वारा संयुक्त रूपमा बिआरआईको उच्चगुणस्तरीय निर्माणलाई अघि बढाउँदै वैश्विक विकाससम्बन्धी, वैश्विक सुरक्षासम्बन्धी र वैश्विक सभ्यतासम्बन्धी प्रस्तावना प्रस्तुत गरेको थियो । यसबाट चीनले बढीभन्दा बढी देश र क्षेत्रसँग हातमा हात मिलाई संयुक्त रूपमा मानवजातिका भाग्यको समष्टिको निर्माण, वैश्विक चुनैतीको सामना र वैश्विक सुशासनलाई परिमार्जन गर्दै लैजान ज्ञान र शक्ति प्रदान गरी मानवजातिको शक्ति र विकास कार्यमा अझ ठूलो योगदान पुर्‍याएको छ ।

आफ्नो वासस्थानको रक्षा र समृद्धिशाली सुन्दर भविष्यको साझा उपभोगका लागि प्रस्तुत गरिएको चिनियाँ सूत्रको अवधारणा सम्पूर्ण मानवजातिको साझा हितसँग जोडिएको छ, यसले विश्वका जनताको शान्ति, सत्य र उन्नतिप्रतिको चाहनाको प्रतिनिधित्व गर्छ 

१० वर्षयतादेखि चीनले विश्वका तीनचौथाइ देश र ३२ अन्तर्राष्ट्रिय संघसंस्थासँग बिआरआईको संयुक्त निर्माणसम्बन्धी कागजपत्रमा हस्ताक्षर गरिसकेको छ । चीनले अघि सारेको बिआरआईमा देशसँगको उत्पादित वस्तुहरूको व्यापार परिमाण १० खर्ब ४० अर्ब अमेरिकी डलरबाट बढेर १० खर्ब ७० अर्ब अमेरिकी डलर पुगेको छ । यसको प्रतिवर्ष वृद्धिदर आठ प्रतिशत पुगेको छ । त्यस्तै, बिआरआईमा पर्ने देशहरूसँगको आपसी लगानी रकम दुई खर्ब ७० अर्ब अमेरिकी डलर नाघेको छ । चिनियाँ कम्पनीहरूले बिआरआईमा पर्ने देशहरूमा निर्माण गरेको आर्थिक व्यापारिक सहकार्य क्षेत्रले ती देशमा चार लाख २१ हजारभन्दा बढी रोजगारी सिर्जना गरेका छन् ।

चीनले वैश्विक विकासको प्रस्तावना अघि सारी संयुक्त राष्ट्रसंघको सन् २०३० को दिगो विकासको एजेन्डालाई साकार तुल्याउन सक्दो प्रयास गरेको छ, विकाससम्बन्धी जटिल समस्याको समाधान र वैश्विक विकास कार्यका लागि चिनियाँ शक्ति प्रदान गरेको छ । चीनले वैश्विक विकाससम्बन्धी प्रस्तावना कार्यान्वयन गर्न ३२ वटा महत्वपूर्ण कदम उल्लेख गरेको छ, जसमा ‘वैश्विक विकास र दक्षिण–दक्षिण सहकार्यको फन्ड’ खडा गर्ने बुँदा पनि समाविष्ट छ । सो फन्डको पुँजी चार अर्ब अमेरिकी डलर रहेको छ । अहिलेसम्म सयभन्दा बढी देश र अन्तर्राष्ट्रिय संघसंस्थाले वैश्विक विकाससम्बन्धी प्रस्तावनाको समर्थन गरिसकेका छन् ।

७० भन्दा बढी देश संयुक्त राष्ट्रसंघमा स्थापना गरिएको ‘वैश्विक विकाससम्बन्धी प्रस्तावनाको मैत्री समूह’मा सम्मिलित भएका छन् । चीनले वैश्विक सुरक्षासम्बन्धी प्रस्तावना पनि प्रस्तुत गरेको छ । सो प्रस्तावना संवाद गर्ने प्रतिरोध नगर्ने, सहकार्य गर्ने, सैन्य संगठन नबनाउने, एक पक्ष जित्ने र अर्को पक्ष हार्ने नभई दुवै पक्षको जित हुने नवीन प्रकारको वैश्विक सुरक्षासँग सम्बन्धित छ । विश्व रंगमञ्चमा देखा परिरहने जल्दाबल्दा समस्या समाधानका लागि चीनले सधैँ जिम्मेवार भूमिका निर्वाह गर्दै आएको छ ।

चीनको मध्यस्थतामा साउदी अरब र इरानबीच ऐतिहासिक शान्तिवार्ता सम्पन्न भई मध्यपूर्व क्षेत्रमा शान्तिको लहर उत्पन्न भयो । चीनले वैश्विक सभ्यतासम्बन्धी प्रस्तावना प्रस्तुत गरी संयुक्त रूपमा वैश्विक सभ्यता र त्यसको विविधताको सम्मान गर्नुपर्ने, मानवजातिको साझा मूल्य–मान्यताको सम्मान गर्नुपर्ने, सभ्यताको निरन्तरता र नवनिर्माणमा जोड दिनुपर्ने, अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान र सहकार्य बढाउनुपर्ने आदि विषयमा जोड दिएको छ । अन्तर्राष्ट्रिय समुदायले तीन वैश्विक प्रस्तावनाको मूल्यांकन गर्दै भनेको छ, ती प्रस्तावनामा चीनको वैश्विक दृष्टिक्षेत्र र दिनानुदिन बढ्दै गएको चीनको अन्तर्राष्ट्रिय प्रस्तावनामा प्रभाव प्रतिबिम्बित भएको छ र तिनले मानवजातिले सामना गरिरहेका जटिल समस्याको समाधानका लागि एक विस्तृत उपाय प्रस्तुत गरेको छ ।

चीन–नेपाल सम्बन्ध मानवजातिको साझा भाग्यको समष्टि निर्माणको सजीव चित्रण हो । चीन र नेपाल नदी र पहाडले जोडिएका छन् । दुई देशबीचको मैत्री युगौँ पुरानो छ । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमणपछि चीन र नेपालको सम्बन्धमा स्तरोन्नति भई ‘विकास र समृद्धितर्क बढ्ने युगौँको मैत्रीपूर्ण रणनीतिक सहकार्य र सहकर्मीको सम्बन्ध’ बन्न पुगेको छ । यस वर्षको सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सि जिन‌पिङ र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हाङजाऊमा भएको सफल भेटवार्तामा नयाँ समझदारी भई चीन–नेपाल सम्बन्ध र सहकार्यको नयाँ बृहत् खाका कोरिएको छ ।

सन् २०१७ मा चीन र नेपालले बिआरआईको संयुक्त रूपमा निर्माणसम्बधी समझदारी पत्रमा हस्ताक्षर गरेपछि दुई देशबीच ठोस सहकार्य महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । दुई देशका नीति–निर्माणमा आपसी समझदारी बढेको छ । आर्थिक व्यापारिक आदानप्रदानका संयन्त्र अझ परिमार्जित भएका छन् । कनेक्टिभिटीसम्बन्धी परियोजना अझ प्रभावकारी भएका छन् ।

तिनले सुक्खा बन्दरगाह, राजमार्ग, हवाईमार्ग, दूरसञ्चार आदि क्षेत्रमा त्रिआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण भई नेपालको भूपरिवेष्टित देशबाट भूजडित देशमा रूपान्तरित हुने सपनालाई साकार बनाउन टेवा पुर्‍याइरहेका छन् । भविष्यमा चीन र नेपालसँग एकसाथ चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१९ मा नेपालको भ्रमण गर्दाका उपलब्धि र दुई देशका नेताबीच भएका समझदारीलाई साकार बनाउने, बिआरआई सहकार्यलाई उच्च गुणस्तरमा अघि बढाउने, नेपाललाई कृषि आधुनिकीकरण, ऊर्जामा स्वावलम्बन तथा उत्पादनको स्तरोन्नतिमा सहयोग पुयाई देशको स्वतन्त्रता र आर्थिक आत्मनिर्भरताको अझ राम्रोसँग रक्षा गर्न सक्षम बनाउन चाहन्छ ।

उज्यालोको किरण आफैँ आउँदैन । त्यसका लागि सबैले एक साथ धेरै परिश्रम गर्नुपर्छ । मानवजातिको साझा भाग्यको समष्टिगत निर्माण भन्नासाथ तुरुन्तै हुँदैन । त्यसका लागि विश्वका सबै देशबीच एकता हुनुपर्छ । विश्वभर सबैले सुशासनको अवलम्बन गर्नुपर्छ । संयुक्त रूपमा आफ्नो वासस्थान निर्माण गर्नुपर्छ । नेपाललगायत विश्वका सबै देशसँग एकता गर्दै सहकार्य बढाई चीन मानवजातिको उन्नति र आधुनिकीकरणको प्रक्रियामा अझ बढी र थप महत्वपूर्ण भूमिका निभाउन चाहन्छ । मानवजातिको साझा भाग्यको समष्टिको निर्माणलाई अघि बढाउन अझ ठूलो योगदान गर्दै आपसमा हातमा हात मिलाई मानवजातिको अझ सुन्दर भविष्य सिर्जना गर्न चाहन्छ ।

(सोङ नेपालका लागि चिनियाँ राजदूत हुन्)

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर