नेभिगेसन मेनु

काठमाडौंका तीन स्थानका सडक एकतर्फी
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-10-18 15:49

onesideroad2023-10-18-09-56-20

काठमाडौं, कार्तिक ३ गते । काठमाडौं महानगरपालिकाका तीन सडक गएको बुधबारदेखि एकतर्फी (वान वे) हुने भएको छ । महानगरका ट्राफिकविज्ञ जगतमान श्रेष्ठका अनुसार सडक एकतर्फी बनाउन सबै तयारी पूरा भइसकेको छ ।

‘एकतर्फी बनाउन आवश्यक ट्राफिक चिह्नहरू राखिसकेका छौँ,’ श्रेष्ठले भने, ‘सडक एकतर्फी हुने ठाउँमा ट्राफिक चिह्नहरू त राखिएका छन् नै । केही दिन वान वे व्यवस्थापनका लागि ट्राफिक प्रहरी र नगर प्रहरीको टोलीसमेत खटिनेछन् ।’

काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिंगाल, मिलनमार्ग हुँदै त्रिपुरेश्वर पुग्ने सडकमा त्रिपुरेश्वरबाट त्यो खण्डमा प्रवेश गर्न पाइँदैन । यस्तै, जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पसअगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन नपाइने बनाइएको छ । पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडकखण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइनेछैन । यहाँदेखि महेन्द्र सालिकसम्मको सडक एकतर्फी भएको छ । 

वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिकाको संयुक्त प्रयासमा अहिले दोहोरो सवारी सञ्चालन भइरहेका ती सडकलाई एकतर्फी बनाउन लागिएको हो । ती सडकमा एकतर्फी व्यवस्थित रूपमा बनाउन सडक दसैँपछि मार्किङसमेत गरिने भएको छ । ‘हाललाई नियमानुसार सञ्चालन गर्नका लागि ट्राफिक प्रहरी र नगर प्रहरीको टोलीलाई राख्छौँ । केही समयपछि ती ठाउँमा ट्राफिक साइन, मार्किङ गर्छौँ,’ श्रेष्ठले भने । महानगरले यी सडकलाई एकतर्फी बनाउन तीन महिनाअघिदेखि गृहकार्य थालेको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर