नेभिगेसन मेनु

पत्रकारको सम्मानमा देवेन्द्र गौतम पुरस्कार-२०८० आयोजित
सम्पादक:南亚网络电视
समय:2023-10-07 15:11

IMG_3553

 काठमाडौँ, असोज २० गते । असोज १९ गतेका दिन आज भन्दा एक वर्ष अगाडि वि. स. २०७९ मा एउटा अप्रिय घटना घट्यो। नेपालको पत्रकारिताका क्षेत्रमा सदियौं देखि समर्पित भएर थुप्रै लेखरचना मा आफ्नो सशक्त आवाज दिने दरिलो कलम चलाइरहनु भएका सम्माननीय वरिष्ठ नेपाली पत्रकार देवेन्द्र गौतमको ७७ वर्षको उमेरमा देहान्त भयो।

गौतमको प्रथम स्मृति दिवसका अवसर पार्दै हिजो शुक्रबार भक्तपुरमा देवेन्द्र गौतम पत्रकारिता पुरस्कार-२०८० काे आयोजना गरिएको थियो।

IMG_3610

नेपालपोष्ट, करेन्ट, रसायन लगायत दर्जनौ पत्रिका तथा पुस्तकको सम्पादनमा करेन्ट पब्लिकेशनलाई पाँच दशकसम्म निरन्तर गर्नुभएको सहयोग एवं नेपाली साहित्यिक पत्रकारिताको उन्नयनमा समर्पित रही गर्नुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई २०८० सालको देवेन्द्र गौतम पत्रकारिता पुरस्कारद्वारा सम्मान गरियो। उहाँलाई सम्मानस्वरुप नगद रु. एक लाख रुपैयाँ पनि प्रदान गरिएको थियो।

IMG_3646

स्वर्गीय देवेन्द्र गौतमको प्रथम पुण्यतिथिका अवसरमा श्री गुणराज काफ्ले शाण्डिल्यलाई करेन्ट पब्लिकेसनद्वारा कदरपत्र प्रदान गरियो। उहाँले नयाँ करेन्ट एवं नेपालपोष्टमा निरन्तर चार दशकसम्म "कहू वस्ताद ठीकै बोलै छि न!" स्तम्भमार्फत पुर्याउनु भएको सहयोगप्रति आभार व्यक्त गर्दै सो कदरपत्रद्वारा सम्मानित गर्दै रु. पचास हजार नगद पुरस्कार पनि प्रदान गरिएको हो।

IMG_3655

यस विशेष दिनलाई समर्पण तथा पुस्तक विमोचन समारोहद्वारा अझै विशेष बनाउँदै "देवेन्द्र गौतम स्मृतिमा" साथै यसको चिनियाँ संस्करण र "अनुसन्धान भित्रको अनुसन्धान" नामक तीन पुस्तक पनि विमोचन गरिएको थियो। पुस्तक अनुसंधान भित्रको अनुसन्धानमा नेपाली ऐतिहासिक पत्रकारिताका यथार्थ समावेश भएकाले नेपालको पत्रकारिता पाठ्यक्रममा पनि यस पुस्तकलाई समावेश गर्न अनुरोध गरिएको छ।

 

 

 

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर