नेभिगेसन मेनु

एसियाड : १६१ स्वर्णसहित चीन शीर्ष स्थानमा
सम्पादक:南亚网络电视
समय:2023-10-04 13:53

asiyad__98577zPtkm

काठमाण्डु । १९औँ एसियाली खेलकुदअन्तर्गत ५८२ पदकको छिनोफानो भएको छ। मंगलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६ कास्यसहित २९७ पदक प्राप्त गर्दै शीर्षस्थानमा रहेको छ।

यस्तै जापान ३३ स्वर्ण, ४७ रजत र ५० कास्यका साथ १३० पदक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ। दक्षिण कोरिया ३२ स्वर्ण, ४२ रजत, ६५ कास्यसहित एक सय ३९ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको छ। भारत १५ स्वर्ण, २६ रजत र २८ कास्यसहित ६९ पदकका साथ चौथो स्थानमा छ। उज्वेकिस्तान १४ स्वर्ण, १५ रजत र २१ कास्यसहित ५० पदकका साथ पदक तालिकाको पाँचौँ स्थानमा छ। 

यसैगरी चाइनिज ताइपेई १२ स्वर्ण, १० रजत र १८ कास्यसहित ४० पदक प्राप्त गर्दै छैटौँ, थाइल्याण्ड १० स्वर्ण, ११ रजत र १९ कास्यका साथ सातौँ, दक्षिण कोरिया सात स्वर्ण, १० रजत र ६ कास्यसहित २३ पदकका साथ आठौँ, बहराइन सात स्वर्ण, एक रजत र चार कास्यसहित १२ पदकका साथ नवौँ तथा हङकङ चाइना ६ स्वर्ण, १५ रजत र २४ कास्यसहित कुल ४५ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन्।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३६ मुलुकले पदक प्राप्त गरेका छन्। नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर