नेभिगेसन मेनु

ब्याटिङमा अर्जुन र बलिङमा दीपेश चम्किएपछि साउदी अरबमाथि नेपालको विशाल जित, नेपाल सेमिफाइनलमा प्रवेश
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-10-19 16:21

nepal-U19-cricket2023-10-19-01-44-32

ब्याटिङमा अर्जुन कुमाल र बलिङमा दीपेश कँडेलले उत्कृष्ट प्रदर्शन गरेपछि साउदीलाई विशाल रनअन्तरले हराउँदै नेपाल एसिसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

मलेसियामा जारी प्रतियोगिताअन्तर्गत आज भएको खेलमा साउदी अरबलाई तीन सय एक रनको विशाल अन्तरले पराजित गर्दै नेपाल एसिसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो । 

टस जितेर साउदीले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले आठ विकेट गुमाएर तीन सय ४७ रन बनाएको थियो । नेपालले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा साउदी १९.१ ओभरमा केवल ४६ रनमै अलआउट भएपछि नेपालले तीन सय एक रनको जित हासिल गरेको हो । 

साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपेश कँडेलले ६, आकाश चन्दले दुई र सुवास भण्डारीले एक विकेट लिए । दीपेशले यसअघि पनि ६ विकेट लिएर सनसनीपूर्ण प्रदर्शन गरेका थिए । 

त्यसअघि अर्जुनलले एक सय ४२ रनको इनिङ खेलेपछि नेपालले रनको पहाड खडा गरेको थियो । नेपालका लागि आकाश त्रिपाठीले ८९ को योगदान दिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर