नेभिगेसन मेनु

मलानको शतकमा इंग्ल्यान्डले बंगलादेशलाई दियो ३६५ रनको लक्ष्य
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-10 18:54

David-Malan-1696929199

काठमाडौं । डेविड मलानको शतकप्रेरित इंग्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकपको आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध ३६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसियसन रंगशालामा जारी खेलमा मलानले शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३६४ रनको योगफल खडा गर्यो ।

इंग्ल्यान्डका ओपनर मलानले १०७ बलमा १६ चौका र पाँच छक्कासहित १४० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मलानको यो छैटौँ शतक हो । अर्का ओपनर जोनी बेरेस्टोले ५९ बलमा आठ चौकासहित ५२ रन जोडे ।

यी दुईले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । जोए रुटले ६८ बलमा आठ चौका र एक छक्कासहित ८२ रन बनाए । रुट र मलानले पनि दोस्रो विकेटका लागि १५१ रनको साझेदारी गरेका थिए ।

कप्तान जस बटलर र ह्यारी ब्रुकले समान २० रन थपे । क्रिस वोक्सले १४ रन जोड्दा साम करन र आदील रासिदले समान ११ रन बनाए । बंगलादेशका मेहदी हसनले चार विकेट लिए । आठ ओभर बलिङ गरेका हसनले ७१ रन खर्चिए ।

सोरिफुल इस्लामले तीन विकेट लिँदा तक्षिन अहमेद र साकिब अल हसनले समान एक विकेट हात पारे । दुवै टिमको यो दोस्रो खेल हो ।

यसअघि, पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको थियो । इंग्ल्यान्ड भने पहिलो खेलमा न्युजिल्यान्डसँग नौ विकेटले पराजित भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर