नेभिगेसन मेनु

माल्दिभ्सका ब्याट्सम्यान नेपाली बलरहरू सामु निरीह, नेपालको सानदार जित
सम्पादक:南亚网络电视
समय:2023-10-01 12:42

2

काठमाडौँ, असोज १४ गते । अभिनाश बोहराले ६ विकेट लिएपछि चीनमा जारी एसियाली खेलकुदमा नेपालले मल्दिभ्सलाइ १ सय ३८ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा मात्र ७४ रनमा अलआउट हुन पुगको हो । नेपालको जीतमा नायक बनेका अभिनाशले दुई वटा ओभरमा ३–३ विकेट लिँदै माल्दिभ्सलाई सस्तोमा समेट्न ठुलो योगदान दिए । उनले ३.४ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर ६ विकेट लिए । 

सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए । माल्दिभ्सका मात्र तीन खेलाडीले दोहोरो अंकमा रन बनाए । मुभियाथ गानीले ३६ रन बनाए भने रसिद रासमले १२ रन तथा फरिद सिउसले १० रनको योगदान दिए । माल्दिभ्सका ६ जना खेलाडीले खाता पनि खोल्न सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुन अघि उनले २७ बलमा ५२ रन बनाएका थिए । यस क्रममा उनले ३ चौका र ३ छक्का हिर्काए ।  कुशल मल्ल ४७ रनमा नटआउट रहे । उनले आक्रामक पारी खेल्दै २० बलमा ३ चौका र २ छक्का हिर्काए । 

यसअघि, ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ रन बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ५ चौका र १ छक्का हिर्काए । गुल्शन झाले पनि समान ३५ रन बनाए । उनले २१ बलको सामना गर्दै १ चौका र तीन छक्का हिर्काए ।

माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा मंगोलियालाई हराएको थियो ।

चीनमा जारी एसियाली खेलकुदमा माल्दिभ्सका ब्याट्सम्यान नेपाली बलरहरू सामु निरीह देखिए । आफ्नो दोस्रो खेलमा नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट हुन पुग्यो ।

माल्दिभ्सका मात्र तीन खेलाडीले दोहोरो अङ्कमा रन बनाए । मुभियाथ गानीले ३६ रन बनाए भने रसिद रासमले १२ रन तथा फरिद सिउसले १० रनको योगदान दिए । माल्दिभ्सका ६ जना खेलाडीले खाता पनि खोल्न सकेनन् ।

एउटै टी–२० खेलमा ६ जना खेलाडी शून्यमा आउट भएको दोस्रो खराब रेकर्ड हो । एउटै खेलमा सन् २०१९ मा चेक गणतन्त्रविरुद्ध टर्कीका ८ जना खेलाडी शून्यमा आउट भएका थिए । त्यतिबेला टर्कीको टोलीमा २१ रनमा समेटिएको थियो । एउटै खेलमा ६ जना खेलाडी शून्यमा आउट गर्ने नेपाल एक्लो टोली भने होइन । यस्तो टी–२० मा खेलमा धेरै पटक भएको छ ।

अभिनाश बोहराले घातक बलिङ गर्दै माल्दिभ्सका ६ विकेट लिए । अभिनाशले दुई वटा ओभरमा ३–३ विकेट लिँदै माल्दिभ्सलाई सस्तोमा समेट्न ठुलो योगदान दिए । उनी दुवै पटक ह्याट्रिक लिनबाट भने चुके । उनले ३.४ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर ६ विकेट लिए । 

त्यस्तै सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर