नेभिगेसन मेनु

निशानलाई नेपाली सेनाबाट सलामी अर्पण गरिँदै
सम्पादक:南亚网络电视
समय:2023-10-23 11:59

adfb

कात्तिक ६ गते । पाँचथरको याङवरक ४ थर्पुमा पृथ्वीनारायण शाह र लिम्बुवानबिच बाइसे चौबिसे राज्य एकीकरणताका युद्धमा प्रयोग भएका निशानसँगै पुरातात्त्विक हतियार र निशानलाई नेपाली सेनाले सलामी अर्पणपश्चात् प्रदर्शन गरिने भएको छ ।

जङ्गे र कम्फु नामका ती निशानलाई यो वर्षदेखि नेपाली सेनाको रण शेर गणले सलामी दिन सुरुवात गर्ने भएको हो । याङवरक ४ स्थित कालिका मन्दिर परिसरमा प्रत्येक वर्ष दशैको अवसर पारेर महा नवमीका दिन प्रदर्शन गर्ने चलन छ ।

यहाँ तत्कालीन पृथ्वीनारायण शाहको एकीकरण अभियानका क्रममा लिम्बुवानसँग युद्ध हुँदा प्रयोग गरिएका दुई थान बन्दुकसहित पुराना पुराना खुँडा खुकुरी र तरबार छन् ।

वर्षको ३६४ दिन लिम्बुवानका जिम्मावालहरूको घरमा राखिने निशान र यी हतियार प्रत्येक वर्ष महानवमीका दिन मात्रै निकाल्ने गरिन्छ । यसरी निशान बोकेर घुमाउनेहरूले नौ दिनदेखि निराहार व्रत बस्ने प्रचलन छ ।

सम्झौतापश्चात् लिम्बुवानलाई पृथ्वीनारायण शाहले उपहारस्वरूप दिएका दुईमध्ये एउटालाई जङ्गे र अर्कोलाई कम्फु भनिन्छ । युवा पुस्ता मनोकाङ्क्षा पूरा हुने विश्वासमा यहाँ पूजा र भाकल गर्न आउने गरेका छन् । निशान जात्राको दर्शन गर्नुका साथै यहाँ गएर भाकल गर्दा चिताएको काम पूरा हुनका साथै शक्ति प्राप्त हुने विश्वासमा महानवमीका दिन यहाँ पाँचथरसँगै ताप्लेजुङ, इलाम, तेहथुम र भारतको सिक्किम र दार्जिलिङबाट पनि दर्शनार्थी आँउछन् । निशान जात्राको व्यवस्थापन याङवरक ४ को वडा कार्यालयले गर्दै आएको वडाध्यक्ष सबिन मावो बताउनुहुन्छ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर