नेभिगेसन मेनु

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ २ बजे
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-15 12:55

fgjhndfg

विराटनगर, असोज २८ गते । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको हो । 

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गर्ने गर्ने तयारी गर्नुभएको छ । पार्टी र गठबन्धनको निर्णयमा असन्तुष्टि जनाउँदै एमालेसँग मिलेर मुख्यमन्त्री नियुक्त भए पनि असन्तुष्ट समूहका नेता डा. शेखर कोइरालाले गठबन्धनलाई अझ मजबुत बनाउने भन्दै नयाँ सहमति गरेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा काठमाडौँमा छलफल जारी रहेको उहाँका सहयोगी दिवस राजवंशीले बताउनुभयो । 

मन्त्रिपरिषद्मा नेकपा एमालेलाई सहभागी गराउने वा सत्ता गठबन्धन दललाई समेटेर अगाडि बढ्ने भन्ने विषय टुङ्ग्याएर मुख्यमन्त्री ११ बजेको उडानबाट विराटनगर फर्कने तयारी छ । यसैबिच कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले   हिजो अबेर सामाजिक सञ्जालमा स्ट्याटस पोस्ट गरी कोशीमा नेपाली काँग्रेससँग सहकार्य भएको बताउनुभएको छ । सो धारणाअनुसार आज नेकपा एमालेका केही मन्त्रीसहित मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने अनुमान गरिएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर