नेभिगेसन मेनु

दसैँ फर्कियो, फर्किएन व्यापार
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-19 12:20

Untitled-1

कात्तिक २ गते । अघिल्ला वर्षहरूमा दसैँ आउन एक महिना अघिदेखि नै बजार तथा पसलहरूमा धेरै नै चहलपहल हुन्थ्यो । दसैँमा नयाँ कपडाको जोहो, नयाँ सामग्री खरिद, घर रङ्ग्याउन सामग्री तथा गरगहना किन्नेको बजार पसलमा भिडभाड हुने गथ्र्याे । यो वर्ष भने दसैँ भित्रिसक्दासमेत बजारका पसल सुनसान छन् ।

गाउँ गाउँबाट सामान खरिद गर्न आउने ग्राहक फाट्टफुट्ट छन् । दसैँअघि धेरै बिक्रि हुने लत्ताकपडा यो वर्ष खासै बिकेको छैन । खाद्यान्न, गरगहना, भाँडाकुडा तथा रङरोगनका पसलको समेत उस्तै अवस्था छ । दसैँमा बर्सेनि व्यापार ओरालो लाग्ने क्रम बढेको व्यापारीहरू गुनासो गर्छन् । यो वर्ष दसैँको सिजनमा अघिल्लो वर्षको तुलनामा निकै कम व्यापार भइरहेको धनकुटाका व्यापारी विक्रम पौडेलले बताउनुभयो । “केही वर्षयता दसैँ व्यापार घटेको छ । यो वर्ष पनि दसैँ त फर्किएर आयो तर व्यापार फर्किएर आएन,” उहाँले भन्नुभयो । नेपालीको महान् चाड दसैँ घरआँगनमा भित्रिसकेको छ । दसैँमा खाद्यान्नदेखि लत्ताकपडा, खसीबोकासम्मको व्यापारमा उत्साह आउने गर्छ । यसपालि भने दसैँ भित्रिसक्दा पनि दसैँ व्यापार जस्तो बन्न सकेको छैन । बजारमा दसैँको जस्तो चहलपहल नै नभएको धनकुटा जोरपाटीका व्यापारी नवीन कार्कीले बताउनुभयो । कोभिड–१९ ले थला परेको व्यवसाय अहिलेसम्म उठ्न नसकेको उहाँको भनाइ छ । 

चाडपर्वमा समेत व्यापार व्यवसायमा सुधार नआउँदा धेरै जसो व्यवसायी घरभाडा र बैङ्कको ब्याज तिर्न धौ धौ भइरहेको बताउँछन् । अघिल्ला वर्षहरूमा बर्खा सकिएसँगै दसैँ व्यापारले चहलपहल हुने धनकुटा बजार, हिले, पाख्रिबास, लेगुवा, जोरपाटी, सिदुवा, राजारानी, डाँडाबजारलगायतका सबै स्थान सुनसान छन् । नयाँ लुगा लगाउने, मीठो खाने चाडका रूपमा समेत परिचित दसैँ व्यापार व्यवसाय गर्नेका लागि सबैभन्दा ठुलो र महìवपूर्ण सिजन हो । वर्षभरि सामान्य रूपमा मात्र चल्ने व्यापार दसैँवरिपरि भने राम्रोसँग चल्ने आसमा हुन्छन् व्यापारी र त्यही अनुसार तयारी गर्छन् । दसैँको बेला अन्य सिजनको तुलनामा दोब्बरदेखि तेब्बरसम्म बढी कारोबार हुने गरेको व्यवसायीहरूको अनुभव छ ।

एक वर्षमा हुने कारोबारमध्ये दसैँमा मात्र करिब ४० प्रतिशत कारोबार हुने गरेको व्यापारीको अनुमान छ । अहिले भने सो व्रmम ह्वात्तै घटेको छ । बजारमा दसैँ चहलपहल नहुनुमा युवा बिदेसिने दर बढ्नु, महँगी बढ्नु, आम्दानी नबढ्नु तथा बजार विकेन्द्रीकृत हुनु जस्ता कारण रहेको हिले क्याम्पस अर्थशास्त्र विषयका सहप्राध्यापक भेषराज खत्री बताउनुहुन्छ । “अहिले बजार पहिले जस्तो छैन । अनलाइनले धेरै बजार ओगटेको छ । गाउँ गाउँमा पसल खुलेका छन् । फेरि पहिले जसरी चाडपर्वलक्षित किनमेल पनि गर्दैनन्,” उहाँले भन्नुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर