नेपालको संघीय गणतन्त्र संविधान २०७२ सफलतापूर्वक जारी भएको आजको दिन नेपालमा राष्ट्रिय संविधान दिवस मनाइँदै देशभरि सार्वजनिक बिदा दइएको छ। आज भन्दा सात वर्ष अगाडि असोज ३ गते काे दिन नेपाल पूर्णतः कानुन र गणतन्त्रको बाटोमा अघि बढेको दिन हो ।
नेपालको संविधान २०७२ वि.स. (२०१५) धारा ४ मा नेपाललाई "स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतान्त्रिक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य" भनेर परिभाषित गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखि प्रतीक्षारत राज्यको पुनर्संरचना, शासन पद्धति र सामाजिक तथा सांस्कृतिक रुपान्तरणको दस्तावेज भएको बताउनुभयो ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा युगान्तकारी र ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । संविधान दिवस २०८० को अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले, सबै राजनीतिक दल र नेपाली जनताको पूर्ण सहयोग, संघर्ष र बलिदानबाट जारी भएको नेपालको संविधानले नागरिकको राजनीतिक, आर्थिक र सामाजिक अधिकारलाई पूर्णरूपमा सुरक्षित गराई राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र विकासको नयाँ क्षितिज खोलेको बताउनुभयो ।
जनताले निर्वाचित जनप्रतिनिधिको हातबाट संविधान बन्न ६७ वर्ष लामो प्रतीक्षा गरेकाले यो दिनलाई नेपालीले संविधानको इतिहासमा ठूलो उपलब्धिको रुपमा मनाउने गरेका छन् ।
माओवादीसहित आठ दलले हस्ताक्षर गरेको संविधानको मस्यौदा अनुसार २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई विस्थापित गरी पूर्ण संविधान जारी गरिएको हो ।
नेपालको संघीय गणतन्त्रमा राज्यको पुनर्संरचना गर्दै संविधानले कूल सात प्रदेश र विगतको संवैधानिक राजतन्त्रलाई गणतन्त्र र एकात्मक राज्य संरचनालाई संघीयतामा परिणत गरेको छ । उनीहरुलाई चाहिने लैङ्गिक पहिचानसहितको नागरिकता पाउन सहज बनाउने यो संविधानले २०४७ सालको संविधानजस्तै मृत्युदण्डको अन्त्यलाई निरन्तरता दिएको छ ।
पितृसत्ताक सम्पत्तिमा छोरीहरूलाई छोरा सरह समान अधिकार दिने यो संविधानले सबै हिसाबले लैङ्गिक सशक्तिकरणको पक्षमा रही, नेपाललाई धर्मनिरपेक्ष राष्ट्रको रूपमा परिभाषित गरेको छ ।
संघीय गणतन्त्र नेपालको संविधान २०७२ ले सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाबाट सृजना गरिएका सबै प्रकारका भेदभाव र उत्पीडनको अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताको विशेषतालाई आत्मसात गरी विविधताबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण र प्रवर्द्धन गर्ने; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तमा आधारित समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ।