नेभिगेसन मेनु

असोज ३ गते देखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा
सम्पादक:南亚网络电视
समय:2023-09-19 13:18

surya-binayak-ratnapark-sadak

२ असोज, काठमाडौं । सरकारले ३ असोज देखि नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन गर्ने भएको छ । संविधान दिवसको अवसर पारी सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरिएको हो । जसका लागि अहिले सडक विभागले सडकमा मार्किङको काम गरिरहेकाे छ भने यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ ।

यस लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बससेवा सञचालन हुनेछ । द्रुत बसहरु चल्ने लेनमा दुई-दुई सय मिटरमा रेड मार्क गरिएको जानकारी पनि उनले दिए । खासगरी कार्यालय समयलाई ध्यानमा राखी द्रुत बस सेवा चलाउन लागिएकाे उनले बताए । त्यसबाहेकको समयमा भने अहिलेजस्तै सबै प्रकारका सवारीसाधन ती लेनबाट पनि चल्न पाउनेछन् । रेड मार्किङ गरेको सडकमा द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न पाउने छैन भने चोकचोकमा हुने ट्राफिक लाइनमा पनि यी बस रोकिनुपर्ने छैन, ट्राफिक प्रहरीले एम्बुलेन्सलाई जसरी नै लाइट पास गराउनेछन् ।

हाललाई यस्ता बसमा द्रुतसेवा लेखेर सञ्चालन गरिने र पछि एकै रङका बस चलाइने तयारी भैरहेको छ । संविधान दिवसका दिनबाट ट्रायलका रुपमा चलाउने र एक सातापछिबाट भने पूर्णरुपमा सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाकारी गराएको छ । संसारभर सार्वजनिक यातायातलाई प्राथमिकता दिन द्रुत बस सेवा सञ्चालन गर्ने प्रचलन रहेको छ । नेपालमा पनि ४० सिट भन्दा माथिका बस सञ्चालनको तयारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर