नेभिगेसन मेनु

चिनियाँ नेत्रीसँग नेपाली बुद्धिजीवीको भेटवार्ता; सञ्चारकर्मीको तालिमबारे भयो कुराकानी
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-09-20 18:15

IMG_2989

चङ यान नेतृत्वको टोली र नेपालका बुद्धिजीवी, सञ्चारकर्मीबीच भएको भेटवार्ता । तस्बिर: विशाल श्रेष्ठ/एस ए टि भी

काठमाडौं, असोज ३ गते। चिनियाँ कम्युनिष्ट पार्टीको युन्नान प्रान्तिय स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख चङ यान र नेपालका बुद्धिजीवी, सञ्चारकर्मीबीच जन आस्थाको कार्यालय सानेपामा भेटवार्ता भएको छ।

बुधवार बिहान १० बजे बाट सुरु गरिएको वार्तामा चिनियाँ नेत्री यान नेतृत्वको टोली, प्रधानमन्त्री पुष्प कमल दाहालको सञ्चार सल्लाहकार, सिनह्वा नेपालका प्रमुख, दक्षिण एसिया नेटवर्क टी भी का प्रमुख, गोरखापत्रको अङ्ग्रेजी संस्करण द राइजिङ नेपालका सम्पादक, जन आस्थाका प्रमुख लगायत अन्य विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो।

उक्त बैठकमा नेपाल र युन्नानबीच समाचार आदानप्रदान र जनताबीच सहकार्यको नयाँ अवसरहरु बारे छलफल भयो। बदलिँदो समय र बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै मिडिया क्षेत्रको विकास र सञ्चारकर्मीको तालिमबारे कुराकानी पनि बैठकमा समावेश गरिएको थियो। बैठकमा युन्नान प्रान्त र नेपालबीच कस्तो कस्तो सहकार्य सम्भव हुन सक्छ भन्ने बारे बुँदागत टिप्पणी समेत गरियो।

IMG_3020

सञ्चारमैत्री आजको बसाइमा नेपाल-चिन मिडिया फोरमले प्रकाशन गरेको नेपालीको नजरमा सि चिनफिङ नामक किताब विमोचन गर्नुका साथै यान नेतृत्वको टोलीले जनआस्थासँग नेपाली भाषामा चिन - युन्नान सहयोगको सम्झौता पत्रमा समेत हस्ताक्षर गर्यो। यससँगै नेपाल र चीनबीच समाचार सम्प्रेसण सहज हुने विश्वास बैठकले व्यक्त गरेको छ। 

IMG_3032

जनआस्थाका प्रमुख किशोर श्रेष्ठले नेपाली जनतामा बेल्ट एण्ड रोड इनिसिएटिभ बारे नकारात्मक छाप पर्न गएको हुँदा सञ्चार माध्यमद्धारा सोचमा परिवर्तन ल्याउनका लागि दुवै देशका सञ्चारमाध्यमले कडा मेहेनत गर्नु पर्ने जानकारी दिनुभयो।

IMG_3043

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर