नेभिगेसन मेनु

जिप दुर्घटना हुँदा १३ जना घाइते
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-26 14:43

accident-

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तेह्र जना यात्रु घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेको भित्री सडकमा मे १ ज २१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना यात्रु घाइते भएका हुन् । 

ताप्लेजुङका प्रहरी प्रमुख नायa उपरीक्षक राजन लिम्बूका अनुसार तिरिङ्गेदेखि पाथीभरा दर्शनमा जाने तीर्थयात्री बोकेको जिप बिहान ४ः३० बजेको समयमा दुर्घटना भएको थियो । उकालो भाग रहेको कच्ची सडकबाट जिप अचानक चिप्लिएर करिब ७० मिटर तल झरेर दुर्घटनाग्रस्त बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनाउ लिम्बूले बताउनुभयो । 

सो जिप दुर्घटनाका घाइतेमध्ये ७० वर्षीया धनबहादुर डाँगीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला बाहिर सिफारिस (रेफर) गरिएको पनि प्रनाउ लिम्बूले जानकारी दिनुभयो । अन्य घाइते हुनेमा जिपका चालक २१ वर्षीय भक्त कार्की, ६२ वर्षीया फूलमाया बस्नेत, ३५ वर्षीया निर्मला बस्नेत, २२ वर्षीय कर्णबहादुर भट्टराई, ३० वर्षीया विमला डाँगी बस्नेत रहनुभएको छ । 

यस्तै दुई बालिका छ वर्षीया युनिसा बस्नेत, चार वर्षीया स्वस्तिका बस्नेत, ४१ वर्षीया ललिता भट्टराई, २२ वर्षीय कुमार भट्टराई, ३७ वर्षीय मानबहादुर बस्नेत, ३८ वर्षीय चन्द्रबहादुर कार्की र ४१ वर्षीय कर्णबहादुर कार्की घाइते हुनुभएको छ । कर्णबहादुर झापाको बारदशी गाउँपालिका–२ निवासी हुनुहुन्छ भने बाँकी सबै तिरिङ्गेका रहनुभएको छ । यता एक जनाबाहेक सबै घाइतेको ताप्लेजुङ जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर