नेभिगेसन मेनु

भारतविरुद्धको खेलमा आसिफ शेखले बनाए अर्धशतक
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-09-04 19:36

Asif-Sheikha-Nepali-Crickateer-1024x683

काठमाडौं, १९ भदौ। नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् । आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो । 

एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् ।  उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन् । रोहितले एकदिवसीयमा एक शतक र आठ अर्ध शतक बनाएका छन् ।

आसिफले पनि एक दिवसीयमा एक शतक बनाएका छन् । असिफ शेखको अर्थासर्तक पश्चात नेपालले ३० ओभरमा पाँच विकेट गुमाउँदै १३४ रन बनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर