नेभिगेसन मेनु

वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द
सम्पादक:南亚网络电视
समय:2023-09-03 15:21

wash-out-ind-1693672445

एसिया कप २०२३ को बहुप्रतिक्षित भिडन्तमा भारत र पाकिस्तानबीचको खेल रद्द भएको छ। 

भारतले दिएको २६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ थाल्न नपाउँदै खेल वर्षाका कारण रद्द भएको हो। 

समूह 'ए' को यो खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन्। अघिल्लो खेलमा नेपाललाई हराएको पाकिस्तान सुपर फोरमा पुगेको छ। अब नेपाल र भारतबीच सोमबार हुने खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। नेपाल र भारतबीचको खेलको विजेता सुपर फोरमा पुग्नेछ।

त्यसअघि श्रीलंकाको पल्लेकेलेमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २६६ रनमा अलआउट भयो।

भारतका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय इशान किसन र हार्दिक पाण्ड्याले अर्धशतक प्रहार गरे। इशानले ८१ बलमा ८२ रन र पाण्ड्याले ९० बलमा ८७ रन जोडे। 

त्यसअघि ओपनरद्वय रोहित शर्मा ११ रन र शुभमन गिल १० रनमा आउट भए। रोहितलाई पाकिस्तानका शाहीन शाह अफ्रिदीले बोल्ड गर्दा गिललाई हरिस रउफले बोल्ड नै गरे। 

त्यस्तै विराट कोहलीलाई अफ्रिदीले बोल्ड गरेका थिए। श्रेयष अय्यरलाई रउफले फखर जमानबाट क्याए। यसरी पाकिस्तानले  १५ ओभर चल्दै गर्दा भारतका शीर्ष चार ब्याट्सम्याटको विकेट लिएको थियो। त्यतिबेला भारतले ६६ रन जोडेको थियो। 

त्यसपछि इशान र पाण्ड्याबीच पाँचौ विकेटका लागि १४६ रनको साझेदारी भयो।

बलिङमा पाकिस्तानका अफ्रिदीले ४ विकेट लिए भने नशीम शाहले ३ विकेट हात पारे। रउफले पनि ३ विकेट नै आफ्नो नाममा लेखाए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर