नेभिगेसन मेनु

अनावश्यक ठाउँमा बजेट लगानी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-17 11:34

Untitled-2 (1)

तेह्रथुम, साउन ३२ गते । वसन्तपुर–गुफापोखरी सडकखण्डको अनावश्यक ठाउँमा ग्याबिन जाली लगाइएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । बजेट सिध्याउनका लागि आवश्यक नपर्ने ठाउँमा संरचना तयार गर्दा अन्य विकास गतिविधिलाई समेत नराम्रो प्रभाव पार्ने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।

वसन्तपुर–गुफापोखरी हुँदै किमाथाङ्का जोड्ने मदन भण्डारी राजमार्गको विभिन्न क्षेत्रमा धमाधम काम भइरहेको छ । यस सडकखण्ड अन्तर्गत टुटेदेउराली क्षेत्रमा करिब ४० लाख रुपियाँ बराबरको ग्याबिन तारजाली भरिएको छ । सडकलाई चौडा गर्न भित्तापट्टिको भाग कटान गर्दा सस्तो मूल्यमा हुने काम सडकको तल्लो भागमा अनावश्यक हिसाबले लाखौँको जाली भरिएको भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।

भौगोलिक अवस्थालाई ख्याल नगरी अनावश्यक स्थानमा जाली लगाएर सडकको इन्जिनियर र ठेकेदारको मिलेमतोमा राज्यबाट आएको कोषलाई दुरुपयोग गरिएको स्थानीयवासी छिरिङ लामाले बताउनुभयो । “ठेकेदारको अनुकूलका आधारमा काम हुनु दुःखद हो,” उहाँले भन्नुभयो ।

फराकिलो भएको स्थानमा सडक बढाउन तथा तारजाली लगाउन नपर्ने भए पनि कमिसनकै लागि सडकका कर्मचारीले अनावश्यक ठाउँमा बजेट छुट्टयाएको भन्दै स्थानीयवासीले स्थानीय तह र जिल्ला समन्वय समिति तेह्रथुमको ध्यानाकर्षण गराएका छन् । झट्ट हेर्दा खाली चौरमाथि ग्याबिनको पर्खाल उठाइएपछि यो सडक भएर यात्रा गर्ने सर्वसाधारण बासिन्दाले पनि अचम्म मान्ने गरेका छन् । मात्र ३५ हजार रुपियाँले हुने कामलाई लाखौँ बजेट खर्चिएर सडकका इन्जिनियर र ठेकेदारले अनियमित कार्य गरेको जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख श्रीप्रसाद कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “जनस्तरबाट गुनासो आएको कारण तत्काल काम रोक्न सडक डिभिजन धनकुटालाई पत्र लेखेका छौँ ।” उहाँका अनुसार प्रदेश र सङ्घीय सरकार अन्तर्गत सञ्चालन भएका सम्पूर्ण योजनाको जिल्ला समन्वय समितिले अनुगमन गरिरहेको छ । 

यो क्षेत्रमा सडक डिभिजन कार्यालय धनकुटा अन्तर्गत पूर्वाधारका कार्यहरू भइरहेका छन् । आवश्यकताबिना नै तारजाली लगाउने काम यहाँ मात्रै नभएर यहीँ सडकखण्ड अन्तर्गत मङ्गलबारे, चौकी, गुफापोखरी, सङ्खुवासभा र धनकुटाको अधिकांश क्षेत्रमा रहेको छ । सडकको भित्तापट्टिको भाग कटान गर्न सहज र कम खर्चिलो हुने भए पनि उक्त वनक्षेत्र पर्ने र काम गर्न असहज हुने भएकाले मुनिपट्टि नै ग्याबिन जाली लगाइएको सडक डिभिजन कार्यालय धनकुटाका इन्जिनियर सन्तोष शाहको भनाइ छ । “वनको एउटा रुख काट्नसमेत विभिन्न प्रव्रिmया पु-याउन समस्या भएकाले ग्याबिन लगाउने स्टिमेट भएको हो,” उहाँले भन्नुभयो ।

यो क्षेत्र चैते सामुदायिक वनभित्र पर्दछ । सडक कालोपत्रे तथा स्तरोन्नतिका अन्य कुनै पनि कार्य गर्दा सडक डिभिजन कार्यालयले वनसँग समन्वय नगरेको चैते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताउनुभयो । सडकको दाँयाबाँया रुख नै काट्नु परे पनि चौडा बढाउन आवश्यक परेको अवस्थामा स्वतस्फूर्त रूपमा सडक डिभिजनले काम गर्न सक्ने वातावरण हुँदाहुँदै पनि भौगोलिक अवस्थालाई ख्याल नगरेको उहाँको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर