नेभिगेसन मेनु

सरकारको कदममा हाम्रो साथ रहन्छ – रवि लामिछाने
सम्पादक:南亚网络电视
समय:2023-08-19 14:06

0

दमक, भदौ २ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले सरकारले भ्रष्टाचार विरुद्ध चालेको सकारात्मक कदममा आफूहरूको साथ र सहयोग रहेको बताउनु भएको छ । हामी भ्रष्टाचार गर्दैनौ र सहन्नौ पनि, उहाँले भन्नुभयो ।

प्रतिपक्ष तथा अरूलाई तर्साउनका लागि मात्र सरकार केन्द्रित नहोस् भन्दै उहाँले निष्पक्ष छानबिन गरेर दोषी जो भए पनि कारबाही गर्ने तत्परता सरकारले देखाउनु पर्ने उहाँको भनाई रहेको थियो । शुक्रवार अपराह्न झापाको दमक र साँझ गौरादहमा भएको कार्यक्रम तथा भेटघाटहरूलाई सम्बोधन गर्दै लामिछानेले आफूहरूको उपस्थिति र आवाजले नै विभिन्न भ्रष्टाचार मुद्दाका फायलहरू खुल्न थालेको दाबी गर्नु भयो ।

रास्वपा अर्थात् आफूहरू २१ जनाको उपस्थितिले अहिलेको संसद्को गरिमा बढेको पनि दाबी गर्नु भयो । जनताका कुरा उठाउने काम हामीले गरेका छौ र संसद्को गरिमालाई बढाएका छौ, उहाँले भन्नुभयो । विभिन्न काण्डहरूको फाइल आफूहरूकै  दबाबका कारण खोलिएको उहाँको भनाई थियो । 

यदि यो विषय आफूहरूको दबाबमा नआएको भए अगाडि नै आउन सक्ने भन्दै त्यो समय किन आएन ? भनेर उहाँले प्रश्न गर्नु भयो । सार्वजनिक भएका काण्डका फाइलमा ठुला भनिएका दल र त्यसका शीर्षस्थ नेताहरुले आफूहरू ती काण्डमा संलग्न छैनौ भन्दै आफू बच्न र अरूलाई बचाउन स्पष्टीकरण दिँदैमा चार वर्ष बित्छ, लामिछानेले जनाउनु भयो । 

अहिलेका ठुला राजनीतिक दल र यसका नेताहरूले विभिन्न काण्डहरूको विषयमा स्पष्टीकरण दिँदै अबको ४ वर्ष बिताउने तर आफूहरू आउँदो निर्वाचन तथा ‘मिसन २०८४’ सफल बनाउन लागि पर्ने बताउनु भएको छ । हामी त्यो अवधिमा जनतामाझ जान्छौ र त्यही क्रममा अहिले म पूर्व आएको हुँ, लामिछानेले भन्नुभयो ।

राजनीतिक खिचातानीका कारण धेरै समय सांसदलाई बन्धक बनाउन नमिल्ने पनि लामिछानेले बताउनु भयो । जनताका कुराहरू उठाउने सदन चाँडो खोल्न मेरो आग्रह छ, उहाँले भन्नुभयो । जनताका धेरै कुराहरू सदनमा उठाउनु पर्ने अवस्था रहेको भन्दै चाँडो सदन खुलाउन माग राख्नु भयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर