नेभिगेसन मेनु

प्रहरी चेकजाँचमा एकको मृत्यु
सम्पादक:南亚网络电视
समय:2023-07-20 15:53

accident-news

बिर्तामोड, साउन ४ गते । झापा कनकाई नगरपालिका -७ दुर्गापुरमा ट्राफिक प्रहरी चेकजाँचका क्रममा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको अवस्थामा चेकजाँच छलेर भाग्ने क्रममा अर्को सवारी साधनसँग जुध्दा झापा गौरादह नगरपालिकाका ३० वर्षीय कुमार दर्जीको मृत्यु भएको हो । 

बिहीबार बिहान ७ बजेर १० मिनेटमा पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित कनकाई-७ दुर्गापुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १-०१-०१६ प ५०९८ नम्बरको मोटरसाइकलमा सवार दर्जी सडकको ट्राफिक चेकिङ छलेर भाग्न खोज्दा विपरीत दिशाबाट आइरहेको प्र १-०१-००१च ७४०७ नम्बरको पिकअप भ्यानसँग जुधेको थियो । 

दुर्घटनामा परि मोटरसाइकल चालक दर्जीको उपचारका क्रममा बिहीबार बिहान साढे ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैबीच, ट्राफिक प्रहरीले बिना सूचना बोर्ड तथा बिना सावधानी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै स्थानीयले १ घण्टा सडक अवरुद्ध पारेका छन् । प्रहरीको टोलीले स्थानीय जनप्रतिनिधि सामाजिक व्यक्तित्व लगायतको समन्वयमा सडक सुचारु गराएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर