नेभिगेसन मेनु

डेङ्गुको रोकथामका लागि लार्भा नष्ट अभियान सुरु
सम्पादक:南亚网络电视
समय:2023-07-21 16:47

dengue-nasta-abhiyaan

वराहक्षेत्र (सुनसरी) साउन ५ गते । वराहक्षेत्र नगरपालिकाले डेङ्गु रोकथामका लागि नगरका ११ वटै वडामा लार्भा सर्च एण्ड डिस्ट्रोय (खोज नष्ट गर) अभियान सुरु गरेको छ । नगरले बिहीबार दिउँसोबाट ११ वटै वडाका स्वस्थ्यकर्मीहरु परिचालन गरी लार्भा सर्च एण्ड डिस्ट्रोयसहित सचेतनाको अभियान सुरु गरेको हो । 

वराहक्षेत्र नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहेताका अनुसार ‘सर्च एण्ड डिस्ट्रोय’ कार्य डेङ्गु नियन्त्रणको उत्तम उपाय भएकाले अभियान सुरु गरिएको बताउनुभयोे । उहाले भन्नुभयो, “नगर क्षेत्रका १२ वटै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेविका, राजनीतिक दल, समाजसेवी बुद्धिजीवीलगायतको उपस्थितिमा अभियान सुरु गरिएको छ ।” 

आवश्यकता अनुसार नगरका सबै क्षैत्रमा अभियान चलाई रहने वराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङ्ले जानकारी दिनुभयो । सबै नगर बासीले डेङ्गु रोकथाम नियन्त्रणका लागि आ-आफ्नो घर आँगन र खाल्डा खुल्डीहरुमा पानी जम्न नदिन र सफा राख्न सबैले आआफनो ठाउँबाट लागनुपर्ने बताउनुभयो ।  

नगरको सबै वडामा अभियान सुरु गर्न परिपत्र गरेर ‘सर्च एण्ड डिस्ट्रोय’ कार्य थालिएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । डेङ्गु नियन्त्रणको लागि प्रभावकारी उपाय लार्भाको वासस्थान खोजी गरी नष्ट गर्ने भएकाले नष्ट गर्न सबै उपाय अपनाइएको वराहक्षेत्र नगरले जनाएको छ । लामखुट्टे नष्ट गर्न औषधि छर्ने काम भइरहेको नगरले जनाएको छ । 

साउन तीन गतेबाटै नगरपालिकाले डेङ्गु रोगको परीक्षण नगर अस्पतालमार्फत निःशुल्क गर्दै आएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर