नेभिगेसन मेनु

झापामा ६५ प्रतिशत मात्रै रोपाइ
सम्पादक:南亚网络电视
समय:2023-07-17 12:29

dhan-ropai

दमक, साउन १ गते । झापामा असार मसान्तसम्ममा गत वर्षभन्दा १० प्रतिशत कम रोपाई भएको छ । असार अन्तिम सम्ममा जिल्लामा ६५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ । गत वर्ष यो अवधिमा ७५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो ।

जिल्लामा २० प्रतिशत मात्र सिचाईको सुविधा रहेको छ । ८० प्रतिशत आकाशेभरमा निर्भर रहनु पर्ने भएकाले मनसुन ढिला गरी सुरु हुँदा र बिचमा धेरै वर्षा भएका कारण अपेक्षाकृत रोपाइ हुन नसकेको विष्टले बताउनु भएको छ । मनसुन ढिला हुँदा रोपाई प्रभावित भएको हो, उहाँले भन्नुभयो ।

झापामा हाइब्रिड जातका धानका साथै रैथाने धानहरू लगाउने गरिन्छ । केही समय अघि जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले गरेको एक अध्ययन अनुसार झापा जिल्लामा  ३६ जातको रैथाने धान फेला परेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर