नेभिगेसन मेनु

विपन्न परिवारलाई घर
सम्पादक:南亚网络电视
समय:2023-07-13 12:29

sgnsvn

उर्लाबारी, असार २८ गते । मोरङको कानेपोखरी गाउँपालिकाले थप ८ विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्ने भएको छ । 

तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत प्राप्त बजेटबाट पालिकाले निर्माण गरेका घर गत वर्षको संविधान दिवसका दिन ६ परिवारलाई  हस्तान्तरण गरिएको थियो । आफ्नो जमिन नभएका र कमाउन पनि नसक्ने अति विपन्न परिवारलाई घर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले बताउनु भयो । आँगनमा पानी पिउने ट्युववेल, शौचालय सहितको दुई कोठे पाएपछि ६ परिवारले आफ्नो श्रमबाट प्राप्त आम्दानीलाई छोराछोरी पढाउनका लागि खर्च गर्न थालेका छन् । 

आर्थिक वर्ष २०७९÷०८० मा पनि पालिकाले ४ वटा घर निर्माण गरेको छ । पालिकाले खरिद गरेको जमिनमा उत्तर तर्फबाट घर निर्माण गर्न थालिएको थियो । यो पटक भने पालिकाले ४ वटा घरमा ८ परिवार बस्ने मिल्ने बनाएको छ । अध्यक्ष इङ्नामले भन्नुभयो–‘४ परिवारको आँगन उत्तर फर्किएको हुनेछ भने ४ परिवारको आँगन दक्षिण फर्किएको हुनेछ । कुनै पनि परिवारलाई अघि वा पछि बसेको अनुभूति नहोस् भन्ने उद्देश्यले एउटै घरको दुवै तर्फ मुख बनाइएको उहाँको भनाई छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर