नेभिगेसन मेनु

जिम्बावे विश्वकपबाहिर
सम्पादक:南亚网络电视
समय:2023-07-05 13:55

thumb (7)

काठमाडौँ — एसोसिएट राष्ट्रको प्रतिनिधित्व गरिरहेको स्कटल्यान्ड र नेदरल्यान्ड्समध्ये एक टोली विश्वकपमा पुग्ने भएका छन् । १० राष्ट्र सहभागी प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपमा छनोट हुने प्रावधानमा ८ अंकसहित शीर्षस्थानमा रहेको श्रीलंका यसअघि नै छानिइसकेको छ । विश्वकप भारतमा यसै वर्ष हुनेछ ।

स्कटल्यान्डले मंगलबार जिम्बावेमाथि ३१ रनको सनसनीपूर्ण विजय हात पार्दै विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । बुलावायोमा स्कटल्यान्डलाई २३४–८ को स्कोरमा रोकेको जिम्बावे जवाफमा ४१.१ ओभरमा २ सय ३ रनमा अलआउट भयो । स्कटल्यान्डले यस प्रतियोगितामा यसअघि दुई टेस्ट टोली आयरल्यान्ड र वेस्ट इन्डिजलाई हराएको थियो ।

यो हारसँगै जिम्बावे विश्वकपमा पुग्ने दौडबाट बाहिरिएको छ । सबै खेल खेलिसकेको जिम्बावेको ६ अंक छ । तर अहिले नै टोली समान ६ अंक भएको स्कटल्यान्डभन्दा नेट रनरेटमा पछाडि छ । स्कटल्यान्डले आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ र विजय हात पारेमा विश्वकपमा पुग्नेछ । नेदरल्यान्ड्सलाई विश्वकपमा पुग्न स्कटल्यान्डमाथि ठूलो अन्तरको जित आवश्यक हुन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर