नेभिगेसन मेनु

समृद्ध नगर निर्माण हाम्रो लक्ष्य हो
सम्पादक:南亚网络电视
समय:2023-07-03 12:31

Untitled-1 (4)

धनकुटाको महालक्ष्मी नगरपालिका मूल रूपमा ग्रामीण क्षेत्र नै हो। १२६.३ वर्ग किमि क्षेत्रफल रहेको यो नगरपालिकाको जनसङ्ख्या २४ हजार ८०१ छ। नौ वटा वडा रहेको यो नगरपालिकाले प्रायः सेवा प्रवाह वडाबाटै गर्दै आएको छ। यो नगरपालिकाको प्रमुख ध्रुवराज राया हुनुहुन्छ। अघिल्लो स्थानीय निर्वाचनमा वडाध्यक्ष बन्नुभएका राया गत वर्षको वैशाखमा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमा प्रमुखमा निर्वाचित हुनुभएको हो। स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानीसहित पूर्वाधार विकास तथा बसाइँसराइ रोक्नु मुख्य चुनौती रहेको बताउनुहुने प्रमुख रायासँग गोरखापत्रका कविराज घिमिरेले कुराकानी गर्नुभएको छ। प्रस्तुत छ, प्रमुख रायासँग गरिएको कुराकानीको सम्पादित अंश : 

नगर प्रमुखको भूमिकामा तपाईंको एक वर्ष बितिसकेको छ। अहिलेसम्मका उपलब्धि के के हुन् ?

पहिलो वर्ष भएकाले सोचे जति गर्न नसके पनि केही काम सुरु गरेका छौँ। हामीले धेरै महत्वपूर्ण कार्य सुरुआत गरेको छौँ। हामीले आँखा उपचार केन्द्र स्थापना ग¥र्याैं। फिजियोथेरापी र भिडियो एक्सरे सेवा सुरु भएको छ। शिक्षा क्षेत्रमा पनि सुधार गर्ने प्रयास गरेको छौँ। दारेगौडा–लेगुवा सडक, सिँधुवा–जीतपुर–लेगुवा सडक सङ्घीय योजनाका रूपमा अगाडि बढेको छ। हामीलाई चिस्यान केन्द्र स्थापनाका लागि बजेट प्राप्त भएको छ। हाम्रो नगरपालिकामा आन्तरिक आम्दानी ज्यादै कम छ, बाह्य स्रोतसाधन खोज्नुपर्छ।  

अघिल्लो कार्यकालमा वडाध्यक्षका रूपमा काम गर्नुभयो, अहिले नगर प्रमुख हुनुहुन्छ। यहाँका आवश्यकताबारे त जानकार नै हुनुहुन्छ नि ? 

यहाँको पहिलो आवश्यकता गुणस्तरीय, व्यावसायिक र प्राविधिक शिक्षा नै हो। दोस्रो यहाँका किसानलाई व्यावसायिक बनाउनुपर्ने छ र कृषि उत्पादनको बजारीकरण गर्नुपर्छ। तेस्रो नगरपालिकाभित्रै सरल, सुलभ, निःशुल्क स्वास्थ्य सेवा आवश्यक छ। मानव संसाधन विकास, सिँचाइ, खानेपानी र पूर्वाधारको खाँचो छ।

कृषि नै यहाँको मुख्य पेसा र आम्दानीको स्रोत हो। कृषि र किसानका समस्या कसरी समाधान गर्ने सोच बनाउनुभएको छ ? 

सिमित स्रोतसाधन भएकाले सबै आवश्यकता एकैचोटी पूरा गर्नसक्ने अवस्था छैन। कृषि क्षेत्रमा बाँदरको समस्या तत्काल नियन्त्रण गर्नुपर्ने चुनौती छ। अहिले लम्पी स्किनले किसानको पशुधनमा निकै ठुलो क्षति भएको छ। यसलाई समाधान गर्न नगरपालिकाले प्रयास गरेको भए पनि पर्याप्त हुन सकेको छैन। कृषिजन्य वस्तुको बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेका छौँ। यहाँका बाटा पूर्वाधार व्यवस्थित गर्नुपर्ने छ। यी समस्या समाधान नगर्दा बसाइँसराइ समस्या झन् बढ्छ। यी समस्या समाधानका लागि हामी काम गरिरहेका छौँ। 

यी समस्या समाधान गर्ने तपाईंको सोच के छ ?

समृद्ध नगर निर्माण हाम्रो लक्ष्य हो। यसका लागि नगरवासी सक्षम र योग्य बनाउनुपर्छ। पहिलो कुरा शिक्षामा लगानी गर्नुपर्छ। गुणस्तरीय शिक्षा हाम्रो योजनामा छ। यहाँको सबभन्दा ठुलो समस्या बसाइँसराइ हो। बसाइँसराइ रोक्न रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकास गर्ने हाम्रो योजना छ। सेवा प्रवाहमा प्रभावकारिता ल्याएका छौँ, सुशासन कायम गर्ने हाम्रो प्रयास छ। 

आन्तरिक स्रोतसाधनको अभावले सङ्घ र प्रदेश सरकारसँगको निर्भरता धेरै छ। सङ्घ र प्रदेशसँगको सहकार्य र समन्वयमा समस्या छ कि छैन ? 

समन्वय र सहकार्य राम्रो छ। हाम्रो नियमित आउने बजेटबाट ठुला काम गर्न सकिन्छ। हामीले पर्यटन, कृषि पूर्वाधारका क्षेत्रमा योजना सञ्चालन गरिरहेका छौँ, सबै सङ्घ र प्रदेशसँगकै सहकार्यमा हो। सङ्घ र प्रदेशसँग सहकार्य नगरी अगाडि बढ्न सक्ने विकल्प नै छैन। हाम्रा माग धेरै हदसम्म सम्बोधन भइरहेका छन्।

महालक्ष्मी नगरपालिकालाई कस्तो बनाउने तपाईंको सोच छ ? 

समृद्ध नगर हाम्रो लक्ष्य हो। यसका लागि पूर्वाधार विकासदेखि आर्थिक, सामाजिक विकास गर्न आवश्यक छ। यो नगरको बसाइँसराइको समस्या समाधानका लागि पनि तत्काल विकासको प्रतिफल आउनुपर्छ। महालक्ष्मी नगरपालिका अरू नगरपालिका भन्दा फरक ढङ्गको नगरपालिका बनोस्, यहाँको विकास निर्माण, यहाँका जनताको आर्थिक स्तर र जीवनशैली, जनताको व्यावसायिकता र उद्यमशीलतामा उदाहरण बनोस् भन्ने मेरो चाहना छ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर