नेभिगेसन मेनु

तीन जलविद्युत् आयोजनामा अर्बौँको क्षति
सम्पादक:南亚网络电视
समय:2023-07-06 13:18

Untitled-2

ताप्लेजुङ, असार २१ गते । असारको पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोले दुई ठुला जलविद्युत् आयोजनामा क्षति पु-याउँदा करिब दुई अर्ब रुपियाँ बराबरको नोक्सानी भएको छ । प्रवर्धक कम्पनीका अनुसार आयोजनाको बाँधदेखि पाइपलाइन र प्रसारण लाइन हुँदै विद्युतगृहसम्ममा बाढीपहिरोले क्षति गर्दा अर्बौं रुपियाँ बराबरको नोक्सानी हुन पुगेको हो ।

ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोला र काबेली खोलाबाट उत्पादित तीन ठुला जलविद्युत् आयोजनामा बाढी पहिरोले क्षति पु-याएको हो । इन्द्रावती खोलाबाट उत्पादित ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत् आयोजनाको मात्र ७५ करोड रुपियाँ बराबरको क्षति भएको छ । आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार उक्त बजेट बराबर बाढीपहिरोले क्षति पु-याएको अनुमान गरिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का कार्यकारी सदस्यसमेत रहनुभएका नेपालले बाढीले इँवा खोला जलविद्युत् आयोजनाको बाँधमा क्षति पु-याएको बताउनुभयो । त्यस्तै एक किलोमिटर जति पाइपलाइन पहिरोले क्षतिग्रस्त बनाएको छ भने विद्युतगृह र अन्य संरचनामा समेत क्षति गरेको उहाँले जानकारी   दिनुभयो । अब बर्खा मौसमभर पुनर्निर्माणको कार्य सुरु गर्ने अवस्था नरहेको पनि उहाँले बताउनुभयो । इँवा खोला जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनीका रूपमा तत्कालीन रैराङ हाइड्रोपावर कम्पनी थियो ।

यस्तै अरुण काबेली पावर लिमिटेडको प्रवर्धनमा निर्माण भएको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ मा पनि बाढीपहिरोले करोडौँको क्षति गरेको छ । काबेली ‘बी–१’ जलविद्युत् आयोजनाका साइड इन्चार्ज दिनेश न्यौपानेका अनुसार बाढीपहिरोले विभिन्न संरचनालाई ध्वस्त बनाउँदा करिब ५० करोड रुपियाँ बराबरको क्षति भएको छ । सबैभन्दा बढी आयोजनाको बाँध संरचनामा बाढीले क्षति गरेको न्यौपानेले बताउनुभयो । त्यसपछि करिब सय मिटर पाइपलाइन पूर्ण रूपमा क्षति भएको र विद्युतगृहको पाइपसहित अन्य संरचनामा बाढीपहिरोले क्षति गरेको उहाँले जानकारी दिनुभयो । 

त्यस्तै १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट जलविद्युत् आयोजनाको पनि विभिन्न संरचना बाढीपहिरोले ध्वस्त बनाउँदा करिब ६० करोड रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । क्यासकेट जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत डिल्ली सुवेदीका अनुसार बाढीले पाँच सय मिटर जति पाइपलाइन, विद्युतगृह र प्रसारण लाइनका खम्बाहरू (पोल) मा क्षति पुगेको छ । 

यता काबेली ‘बी–१’ क्यासकेट जलविद्युत् आयोजनाको पुनर्निर्माणको कार्य सुरु गर्ने योजना बनाए पनि वर्षाको क्रम निरन्तर रहेकाले सम्भव नभइरहेको जनसम्पर्क अधिकृत सुवेदीको भनाइ छ । उहाँका अनुसार गत जेठ ३० र असार २ गते आएको बाढीले आयोजनालाई क्षति गरेको हो । काबेली ‘बी–१’ क्यासकेट आयोजनाको प्रवर्धक कम्पनी अरुण भ्याली हाइड्रोपावर कम्पनी छ । विगत चार/पाँच वर्ष अघिदेखि नै उक्त जलविद्युत् आयोजनाहरूबाट विद्युत् उत्पादन भई सञ्चालनमा थिए ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर