नेभिगेसन मेनु

पाँचथरमा बाढीले २६ ड्रम डिजल बगायो
सम्पादक:南亚网络电视
समय:2023-07-04 12:45

asdgadg

फिदिम, असार १९ गते । पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोला स्थितको बाढीमा ट्रिपर फस्दा सोही ट्रिपरले बोकेको २६ ड्रम डिजल खोलाले बगाएको छ । धरानदेखि पाँचथरकै कुम्मायक गाउँपलिकाको यासोकतर्फ आउदै गरेको बा १ क ५११२ नम्बर को ट्रिपर फस्दा डिजल ड्रम बाढीमा बगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

मङ्गलवार बिहान ४ बजेको समयमा ट्रिपर फस्दा प्रति ड्रम २२० लिटर रहेको २६ ड्रमको जम्मा पाँच हजार ११२ लिटर डिजल नोक्सान पुगेको जनाइएको छ । दोलखा जिरी नगरपालिका ८ निवासी २४ वर्षीय ट्रिपर चालक अमृत श्रेष्ठको अवस्था सकुशल रहेको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताउनुभयो । बाढीमा फसेको ट्रिपरको आधा पुरिएको अवस्थामा रहेको प्रहरी भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर