नेभिगेसन मेनु

चिया बगान बनाउँदै स्थानीय तह
सम्पादक:南亚网络电视
समय:2023-07-11 13:34

Ilam-Tea

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैसाङ डाँडालाई चिया बगान बनाउन सुरु गरेको छ। वडा नम्बर ६, छितापोखरीस्थित मैसाङ डाँडामा रहेको करिब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले सात हजार चियाका बिरुवा रोपेको छ। 

सुम्निमा पारुहाङ पार्क रहेको मैसाङ डाँडा हाल आन्तरिक पर्यटकको एक गन्तव्य हो। गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले आगामी दिनमा आन्तरिक पर्यटकको वृद्धिसँगै बाह्य पर्यटक भित्र्याउन र कृषिबाट रोजगारी दिन मैसाङ डाँडालाई चियाको बगान बनाउन सुरु गरिएको बताउनुभयो। स्थानीय पथप्रदर्शक उत्तम खड्काको जिल्लाका विभिन्न भूभागसँगै हिमाल र तराईका फाँटको दृश्य अवलोकन गर्न सकिने मैसाङ डाँडामा हरेक दिन आन्तरिक पर्यटक आउने भनाइ छ।  

यो वर्ष सात हजार चियाको बिरुवा रोपेको गाउँपालिकाले बिरुवा थप्दै जाने अध्यक्ष राईले बताउनुभयो। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बिरुवा रोप्ने खाडल खनिएको थियो। उक्त खाडलमा गाउँपालिकाबाट चालु आर्थिक वर्षमा विनियोजन भएको चार लाख बजेटबाट बिरुवा र मल खरिद गरेर रोपिएको उहाँले जानकारी दिनुभयो। 

मैसाङ डाँडाको बाँकी रहेको जग्गा व्यक्तिगत रहेकाले गाउँपालिकाले भाडामा लिएर चियाका बिरुवा थप्ने योजना बनाएको छ। सुम्निमा पारुहाङ पार्क अवलोकन गर्न, फोटो खिच्न, टिकटक बनाउन अहिले मैसाङ डाँडामा आन्तरिक पर्यटक पुग्ने गर्छन। केही वर्षपश्चात् चियाको बगानले आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको विश्वास छ। मैसाङ डाँडालाई पर्यटकीय स्थल निर्माणसँगै चिया खेतीबाट स्थानीयलाई रोजगारी दिने गाउँपालिकाको लक्ष्य रहेको पालिकाका अध्यक्ष राईले बताउनुभयो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर