नेभिगेसन मेनु

विश्वकप छनोटअघिको वार्मअप खेलमा नेपाल पराजित
सम्पादक:南亚网络电视
समय:2023-06-14 13:47

cricket h (2)1686670238

आइसिसी एकदिवसीय विश्वकप छनोटअघिको वार्मअप खेलमा नेपालले पराजित भएको छ। 

जिम्बावेको हारारेमा आज भएको खेलमा नेपाललाई युएईले ३ विकेटले पराजित गर्‍यो। 

नेपालले दिएको २७७ रनको लक्ष्य युएईले १ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पूरा गर्‍यो। 

युएईका लागि रोहन मुस्ताफाले ७८ रन जोडे। 

त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल पनि १ बल बाँकी छदा अलआउट हुने क्रममा २७६ रन जोड्यो। 

नेपालका लागि आसिफ शेखले ५७ रन जोडे भने कुशल भुर्तेलले ३९ रन बटुले।

कुशल मल्ल ४६ रन तथा आरिफ शेखले ३५ रन जोडे। 

अब नेपालले ओमानसँग दोस्रो वार्मअप खेल खेल्दैछ।

वार्मअप खेलपछि प्रतियोगिता सुरु हुनेछ।

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। 

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। 

नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३) आयोजक जिम्बावेसँग खेल्नेछ। यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्। 

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

विश्वकप छनोटका लागि नेपाली टिम

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर