नेभिगेसन मेनु

भारतीय लिगमा चम्केकी साम्बा युरोपको क्लबबाट खेल्दै
सम्पादक:南亚网络电视
समय:2023-06-14 13:51

samba n1662973715

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' ले युरोपेली क्लबबाट खेल्ने भएकी छन्।

उनी इजरायलको हेपोएल रानाना क्लबसँग अनुबन्दित भएकी हुन्। 

घरेलु लिगमा एपिएफबाट खेल्ने साम्बा यसअघि गोकुलम केरेलाबाट भारतीय महिला लिग खेल्थिन्।

दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक रहेकी उनले उक्त लिगमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ता मात्र बनिनन्, उनी आवद्ध गोकुलमले लिग नै जितेको थियो। 

भारतीय लिगमा दबदबा छाडेकी साम्बाले हेपोएलमा आवद्ध भएसँगै आफ्नो युरोपबाट खेल्ने सपना पूरा भएको बताइन्।

अब एक महिनापछि इजरायल जाने बताउँदै साम्बा भन्छिन्, 'जुनसुकै एसियाली खेलाडीको युरोपबाट खेल्ने सपना हुन्छ र त्यहीँ सपनाको बाटोमा पाइला टेकेको छु। अब आफ्नो तर्फबाट राम्रो गर्ने कोशिस गर्ने छु।'

एसियाली महादेशमा भएपनि इजरायल युरोपेली फुटबल महासंघको सदस्य रहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर