नेभिगेसन मेनु

निजी क्षेत्रकाे लगानीमा क्रिकेट स्टेडियम निर्माणका लागि शिलान्यास
सम्पादक:南亚网络电视
समय:2023-06-14 13:54
408

349042653_1466212970875391_8093164170796602515_n1686573831

नेपालमा निजी क्षेत्रकाे लगानीमा पहिलाे क्रिकेट स्टेडियम निर्माणका लागि शिलान्यास गरिएको छ।

रुपन्देहीको तिलाेत्तमामा निजी क्षेत्रकाे लगानीमा निर्माण गरिने उक्त एक्स्ट्राटेक ओभल क्रिकेट मैदानकाे तिलाेत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सोमबार शिलान्यास गरेका हुन्।

नगरपालिकाको वडा नम्बर १७ स्थित पूर्व दरखसवामा गुल्मीका बिनाेद कुँवरले झन्डै दुई वर्ष अघि पाैने ५ बिगाह जग्गा खरिद गरेर क्रिकेट मैदान निर्माणका लागि प्रक्रिया थालेका थिए।

उक्त क्रिकेट रंगशाला पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रंगशाला बनाइने छ भने प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्ष भित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाइने एक्स्ट्राटेक ओभल प्रालीका निर्देशक बिनाेद कुँवरले बताए। 

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रंगशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकाे उनले बताए।

निर्देशक कुँवरका अनुसार एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आइटी ट्रेनिङ इन्स्टिच्युट हो। सिड्नीमा रहेको एक्स्ट्राटेक ओभल प्रालिको क्यानबेरा, ब्रिसवेन, मेलवर्नमा फ्रेन्चाइज छ। काठमाडौंको सुविधानगरमा यसको नेपाल शाखा छ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बासडर छन्। यो क्रिकेट रंगशाला होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने र शक्ति गौचनलाई यसको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।

रंगशाला कम्पाउन्डमा चार तलाको भवन बनाई १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने कम्पनीले जनाएको छ। यूएईमा लामो समय बसेर अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भुमिकामा हुने कुँवरले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्(0)
उप्पर