नेभिगेसन मेनु

भारतविरुद्ध निरीह बंगलादेश
सम्पादक:南亚网络电视
समय:2023-05-22 16:54

bangaladesh_vs_india_volleyball_IbkyUzYbbN 

काभा महिला च्यालेन्ज कपअन्तर्गत समूह ‘ए’को पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ। सोमबारदेखि सुरु भएको प्रतियोगितामा भारतविरुद्ध निरीह देखिएको बंगलादेशले दोहोरो अंकमा बनाउन सकेन।

पहिलो सेटमा तीन अंक मात्रै जोडेको बंगलादेशले २५–३ को नतिजामा पहिलो सेट सुम्पिएको थियो। दोस्रो सेट २५–९ ले जितेको भारतले तेस्रो सेटमा पनि २५–६ को सहज जित निकाल्यो।

आजै भएको समूह ‘बी’को पहिलो खेलमा उज्बेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमै पराजित गरेको थियो। आयोजक नेपालले आफ्नो पहिलो खेलमा  सोमबार दिउँसो ४: ३० बजे किर्गिस्तानसँग खेल्ने छ।

facebook sharing button messenger sharing button twitter sharing button whatsapp sharing button viber sharing button sharethis sharing button  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर