नेभिगेसन मेनु

नेपाली सेनाद्वारा गाँउ त्रासमुक्त
सम्पादक:南亚网络电视
समय:2023-04-05 14:09

tiger

ठोरी गाउँपालिका-४ पर्सा, विजय बस्तीको गाउँमा पसेर स्थानीयका भैंसी र बाख्रा खाने बाघलाई नियन्त्रणमा लिइएको छ। 

मंगलबार राति चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले बाघलाइ नियन्त्रणमा लिएको हो ।  

उक्त बाघले १०-१२ दिनदेखि गाउँमा पसेर १२ बाख्रा, खसी र दुईटा भैंसीका पाडा मारेको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए। 

नियन्त्रणमा लिइएको भाले बाघ घाइते अवस्थामा रहेको उनले बताए। 

‘उसको मुख, टाउको र खुट्टामा घाउ छ। अर्को बाघसँग लड्दा घाइते भएको हुन सक्ने देखिएको छ,’ खड्काले भने,‘अब केही दिन हामी उसलाई खोरमा राखरे उपचार गर्छौं।’

निको भएपछि बाघलाई के गर्ने भन्नेबारे विभाग र मन्त्रालयसँग सल्लाह गरेर निर्णय गर्ने उनले बताए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर