नेभिगेसन मेनु

भृकुटीमण्डपमा रङ्गिचङ्गी फुलको मेला
सम्पादक:南亚网络电视
समय:2023-04-01 19:37

IMG_7387

चौविसौं फ्लोरा एक्स्पो २०७९ सम्पन्न भएको छ। तस्बिर-बिशाल श्रेष्ठ/एस ए टि भी

काठमाडौंको भृकुटीमण्डपमा चैत १७ गते देखि, " स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय" मूल नाराका साथ पुष्प प्रदर्शनी सुरु भएको छ।  तीन दिने यस कार्यक्रम, फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान) ले आयोजना गरेको हो।

IMG_7425

मेलामा आकर्षक ढङ्गले सजाइएको फुल तथा अन्य बोट बिरुवा हेर्न र किन्न पाइने छ। रिया श्रेष्ठ/एस ए टि भी

मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राई फ्लावर, सुन खरी, कम्पोष्ट मल, फूलकाे बल्ब, बिउ विजनहरू, कृषि औजार उपकरणहरू, प्याकेजिङ्ग का सामाग्री, इजराइली प्रविधिमा आधारित सुक्ष्म तथा थोपा सिँचाइ प्रविधि, ग्रीनहाउस, पोलिहाउस आदिको प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ। फ्यानले वि. सं. २०५१ सालदेखि निरन्तर रूपमा प्रदर्शनीको आयोजना गरी मेलाको माध्यमबाट पुष्प व्यवसाय क्षेत्रमा भई आएको प्रगतिहरु बारे प्रतक्ष्य रूपमा पुष्प प्रेमीहरुलाई जानकारी गराउने गरेको छ।

IMG_7461

चार जात छत्तीस वर्नको साझा फुलबारी नेपाल। तस्बिर-रिया श्रेष्ठ/एस ए टि भी

पुष्प उत्पादक, नर्सरी व्यवसायी, थोक विक्रेता, खुद्रा विक्रेता तथा उपभोक्ता सबैलाई नेपालमा पाईने विभिन्न प्रकारको फूल विरुवाको जाती तथा प्रजातिहरूको बारे जानकारी गराउन र एउटै रुचि भएका सबैलाई एउटै छहारी मुनि जमघट गराई प्रतक्ष्य शिक्षित गराउने लक्ष्यले सो कार्यक्रमको आयोजना गरिएको हो।

यो मेलाले पुष्प व्यवसायी हरुलाई परम्परागत तरिकाबाट आधुनिक कृषि प्रणाली तर्फ अग्रसर हुनलाई मार्ग द्रशन गरेको छ। हरेक वर्ष भिजिटरहरुको संख्यामा वृद्धि हुँदै जानुमा यस व्यवसाय प्रतिको आकर्षण बढ्दै गएको भन्ने बारेमा पनि फ्यानले सचेत गराएको छ।

तीन दिनसम्म सञ्चालन गरिने पुष्प व्यापार मेला चैत १७ गते बाट सुरु भएर चैत २० गते सम्म रहने छ।

फोटो फिचर्स

IMG_7462

IMG_7442

IMG_7402

IMG_7401

IMG_7407

IMG_7412

IMG_7423

IMG_7436

IMG_7455

IMG_7486

图片_20230401171907

图片_20230401171823

图片_20230401171913

图片_20230401171857

图片_20230401171835

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर