नेभिगेसन मेनु

भुइचालो नआउदा पनि घरहरू भासिए पछि
सम्पादक:南亚网络电视
समय:2023-04-08 18:43

Hotel-Summit-1 (1)

ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट निर्माण गर्दा आसपासका घरहरू भासिएका छन्।

गएराति २-३ बजेतिर निर्माणाधीन समिट अपार्टमेन्टसँगै जोडिएका घरहरू भासिएको स्थानीयले बताएका छन्। सानेपामा चौधरी समूहको स्वामित्वमा रहेको अपार्टमेन्ट बनाउन खन्दा घरहरु भाँसिएका र भत्किएका हुन्। स्थानीयका अनुसार २ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने अन्य घर जोखिममा परेका छन्। अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरू भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते भएका छन् भने दर्जनाै परिवार बिस्थापित भएका छन्। सामान्य रुपमा जमिन चर्कन थालेपछि निर्माण तत्काल बन्द गर्न आग्रह गर्दा पनि काम नरोकिएको स्थानीयको भनाई छ। घटनामा कुनै पनि मानविय क्षति भने भएको छैन।

घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, एसएसपी सिद्धिविक्रम शाह, सांसद्वय  उदयशम्शेर राणा, तोसिमा कार्कीलगायतले उक्त क्षेत्रमा पुगेर अवलोकन गर्नुका साथै स्थानीयसँग पनि छलफल गरेका छन्। निर्माणाधीन अपार्टमेन्ट वरिपरिका घरहरू एकतला जति भासिएका छन्। डेरा गरेर बस्नेहरू सबै भागेको र आफूहरू पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन्। अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दाबी छ ।

नक्सा पास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरूको घर समेत भासिन पुगेको भन्दै उनीहरूले आक्रोश पोखेका हुन्। उनीहरूले आफूहरूको बास बस्ने ठाउँ नभएको भन्दै तत्काल आवश्यक व्यवस्था गर्न पनि माग गरेका छन्। गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबारविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् भने अहिले घटनाबारे प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर