नेभिगेसन मेनु

अन्तरास्ट्रिय लगानी सहयोग कि सम्जौताको पासो ?
सम्पादक:南亚网络电视
समय:2023-03-17 01:12

 

 

IMG_6177

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ दशक: “नेपालको अनुभव” सम्मेलन १६ मार्च २०२३ मा काठमाडौंमा सम्पन्न भएकाे छ।तस्वीर-विशाल श्रेष्ठ/एस ए टि भि

कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली, जनवादी गणतन्त्र चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्याल, नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ, फ्रेन्ड्स अफ सिल्क रोडका महासचिव डा.कल्याण राज शर्मा लगायत विभिन्न क्षेत्रका १३० भन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

006

कार्यक्रममा विभिन्न क्षेत्रका १३० भन्दा बढी व्यक्तिथत्वकाे सहभागिता रहेकाे थियाे।तस्वीर-विशाल श्रेष्ठ/एस ए टि भि

सम्मेलनको मुख्य उद्देश्य नीति निर्माता, विज्ञ, अनुसन्धानकर्ता, निजी क्षेत्र र अन्य सम्बन्धित सरोकारवालाहरूलाई बेल्ट एण्ड रोड इनिसिएटिभको दश महत्त्वपूर्ण वर्षको बारेमा छलफल गर्न र यसले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ल्याउन सक्ने विकासका अवसरहरूको पहिचान गर्नु रहेको थियाे ।

बेल्ट एन्ड रोड इनिसिएटिभ एक विश्वव्यापी पूर्वाधार विकास रणनीति हो जुन चिनियाँ सरकारले २०१३ मा १५० भन्दा बढी देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूमा लगानी गर्न अपनाएको थियो। यसलाई चिनियाँ नेता सी जिनपिङको विदेश नीतिको केन्द्रविन्दु मानिन्छ। जनवरी २०२३ सम्म, १५१ देशहरू र ३२ अन्तर्राष्ट्रिय संस्थाहरूले BRI मा साइन अप गरेको छ।

सन् २०१७ मे मा बेल्ट एण्ड रोड इनिसिएटिभ फ्रेमवर्क अन्तर्गत द्विपक्षीय सहयोगसम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेपछि नेपाल औपचारिक रूपमा बेल्ट एन्ड रोड इनिसिएटिभमा सामेल भएको थियो। त्यसबेला यसलाई “नेपाल-चीन सम्बन्धमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण कोसेढुङ्गा” भनेर प्रशंसा गरिएको थियो।

सन् २०१८ को जुनमा केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले ट्रान्स हिमालयन बहु-आयामी कनेक्टिविटी नेटवर्क ढाँचाभित्र बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन र सञ्चारका माध्यमबाट सम्पर्क विस्तार गर्न बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गतको एमओयूको कार्यान्वयनलाई तीव्रता दिन सहमत भएको थियो।

बेल्ट एण्ड रोड इनिसिएटिभको दश महत्वपूर्ण वर्षका बारेमा छलफल गर्न र यसले नेपालको आर्थिक र सामाजिक विकासका लागि ल्याउन सक्ने अवसरहरू पहिचान गर्न नीति निर्माता, विज्ञ, अनुसन्धानकर्ता, निजी क्षेत्र र अन्य सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउन आजको सम्मेलन आयोजना गरिएको हो ।

SAD07570

 फ्रेन्ड्स अफ सिल्क रोडका महासचिव डा.कल्याण राज शर्माले कार्यक्रममा उपस्थिति अतिथीलाइ मायाकाे चिनाे प्रधान गर्नु भएको थियो।तस्वीर-विशाल श्रेष्ठ/एस ए टि भि

फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालका महासचिव डा.कल्याणराज शर्माले नेपालले बोकेको कुल ऋणमध्ये चीनतर्फ ३.२४ प्रतिशत मात्र ऋण रहेको र त्यसैले नेपाल ऋणको जालमा धकेलिएको हल्ला र अवधारणा गलत भएको बताए ।

जनवादी गणतन्त्र चीनका लागि नेपालका पूर्व राजदूत श्री लीलामणि पौडेलले अन्तर्राष्ट्रिय सहयोग फोरम प्रस्तावको विवरण दिनुभएको छ जसमा चीनले साझा गन्तव्य र साझा लाभका लागि निर्बाध व्यापार र लगानीमा केन्द्रित छ तर आर्थिक रूपमा वर्चस्ववादी सम्झौता नभएकाे बताए ।

उनले सम्झौताको एउटा असामान्य बिन्दुको बारेमा थप भने, "दक्षिण पूर्व एसियामा हाम्रो भाग्य हामी आफैले निर्माण गर्ने हो। हामी हाम्रो भाग्यको निर्णयकर्ता हौं। बाहिरी व्यक्तिलाई निर्णय निर्माताको भूमिका खेल्न दिनु हुँदैन।"

उनले नेपालले बीआरआईमा लिएका आठवटा विकास आयोजनाको प्रस्ताव राखे जसमध्ये चीनको अनुदानमा चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजना पूर्णरुपमा अघि बढिरहेको छ, कोहलपुर सडक मार्ग आयोजना र किमा थाङ्गा क्रस बोर्डर आयोजनामा पनि कुनै प्रगति नभएको बताए ।

चीनको सम्झौताले ऋणको जाल होइन अवसर देखाएको छ किनभने हाम्रो सम्झौताले, कार्य र यथार्थले त्यो देखाउँछ तर मानसिकताको हकमा हामी अमेरिकी विचारको उधारो लिन्छौं र यसलाई ऋणको जाल भनी दाबी गर्छौं ।”

जसमा नेपाल संस्थापक राष्ट्र मध्य एक बनेको एसियाली विकास बैंकले एसियाका विकासशील राष्ट्रलाई विकसित राष्ट्रमा परिणत गर्न लगानी गरेकाे कार्य विकसित पश्चिमा राष्ट्रलाई डर मर्दो भएको उनको भनाइ छ ।

नेपाल ट्रान्जिट ट्रान्सपोर्ट सम्झौता कसरी रणनीतिक महत्वको परियोजना हो र क्रस बोर्डर रेलवे सार्थक छ भनेर उनले विशेष व्याख्या गरेका छन्। नेपालले इतिहासमा ३ पटक नाकाबन्दी भोगेको छ तर अझै चेतनामा आएको छैन ।नेपाल भूपरिवेष्ठित राष्ट्र हो । त्यसैले उनी दूरदर्शी हुँदै भन्छन्, "आर्थिक रूपमा सक्षम र कार्यात्मक उत्तरतर्फकाे ट्रान्स हिमालयन यातायात सम्झौतालाई पर्याप्त ध्यान दिइएन भने नेपालले अझै पनि यसको सामना गर्नुपर्नेछ।"

‘ऋण लिएर कुनै पनि देश संकटमा पर्दैन, ऋणको श्रोतले फरक पर्दैन तर ऋण लिएर घिउ खायौँ भने अवश्य ऋणको जालमा फस्छौँ’, भन्छन् चीन जनवादी गणतन्त्रका लागि नेपालका महामहिम पूर्वराजदूत , श्री लीलामणि पौडेल।

नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम श्री चेङ सोङले हामीलाई चीन र नेपालबीचको द्विपक्षीय व्यापारको मात्रा २०२०/२१ मा २८.३ प्रतिशतले बढेर रु. २३४.९४ बिलियन भएको छ।

कार्यक्रममा उपप्रधानमन्त्री महामहिम नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। “ट्रान्स हिमालयन कनेक्टिभिटी” नेपालका लागि सबैभन्दा बढी लाभदायक भएको भन्दै उहाँले कार्यक्रमलाइ सम्बोधन गर्नुभयो।बीआरआईद्वारा केरुङदेखि काठमाडौं जोड्ने रेलमार्गलाई उच्च प्राथमिकतामा राखिएको छ जसले नेपाली उत्पादनलाई चिनियाँ बजारमा खोलेर नेपालको अर्थतन्त्रमा वृद्धि र विकास गर्छ।

नेकपा एमालेका उपमहासचिव श्री प्रदीपकुमार ज्ञवालीले चीनले पनि आधिपत्यवादी भोगेको कारणले कहिल्यै पनि राष्ट्रमा भौगोलिक आधिपत्यवादी महत्वाकांक्षाले हस्तक्षेप गर्न नचाहेकोमा चीनको प्रतिवद्धता व्यक्त गर्नुभएको छ। हरित अर्थतन्त्र विकास विशेष गरी सगरमाथा र अन्य हिमाली क्षेत्रहरूमा केन्द्रित छ।

ज्ञवाली भन्छन्, “नेपालको स्थिर अर्थतन्त्रलाई विश्वसँग जति राम्रोसँग जोड्न सकिन्छ, त्यति नै चाँडो अवसरको ढोका खुल्छ । "

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर