नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्याउने उद्देश्यले डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व पहलअन्तर्गत काठमाडौं बालस्वास्थ्य प्रतिष्ठान (कियोच) लाई रु ३० लाख सहयोग गरेको छ ।
डाबर नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक इशोरी राणाले उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । किओचका संस्थापक अध्यक्ष डा भगवान कोइराला र एचआर प्रमुख अनिल पुरी, एडमिन कन्सल्टेन्ट मन्दार शिखर बनर्जीको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरिएको थियो ।