नेभिगेसन मेनु

स्वास्थका लागि दौड
सम्पादक:南亚网络电视
समय:2023-02-17 20:23

IMG_3467

काठमाडौँ — सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको प्रवर्द्धन तथा सफलताको कामनासहित ''एसियन गेम्स रन फर फन''  शुक्रबार पाटन दरबार परिसरमा सम्पन्न भएको छ ।

कार्याक्रममा ललितपुरका मेयर श्री चिरी बाबु महर्जन, नेपालका लागि चिनीया राजदुत महामहिम छेन सङ,नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव श्री नीलेन्द्रराज श्रेष्ठ,  ओलम्पिक काउन्सिल अफ एशियाका मिडिया निर्देशक श्री जुआन झोउ, लगायत अन्य पदाधिकारी, साथै विभिन्न खेलका खेलाडी सहितको बाक्लो उपस्थिति देखिएको थियो।

ललितपुरका मेयर महर्जनको शुरुवाती बन्दुकको फायरिङसँगै दौड कार्यक्रम सुरू भएको थियो। दौडमा सहभागी सयौं मानिसहरू हङ्जाओ एसियाली खेलकुद फन रन प्रिन्ट भएका टी-सर्ट लगाइ  पाटन दरबार स्क्वायरबाट गा बहाल, पुल्चोक, कृष्ण गल्ली, पाटन ढोका, अशोक हल, भीमसेन मन्दिर हुँदै फेरि पाटन दरबार स्क्वायर सम्म दौडिएका  थिए । 

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) संगको सहकार्यमा नेपाल ओलम्पिक कमिटीले रन फर फन आयोजनामा गरेको हो । एसियाली खेलकुदमा सहभागी हुने सबै देशमध्ये कम्बोडिया, थाइल्याण्ड, उज्वेकिस्तान, कुवेत, साउदी अरेबिया, माल्दिभ्स, श्रीलंका, भुटान, कतारमा फन रन आयोजना भइसकेका छन् । दौडमा नेपाल ओलम्पिक कमिटीसँगै युवा तथा खेलकुद मन्त्रालय साथै राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, एसियाली खेलकुदमा सहभागी हुने सम्बन्धित खेलका खेलाडी र प्रशिक्षकको सहभागिता रहेको थियो ।

"सम्भावित खेलाडी तथा खेलकुदका व्यक्तित्वहरू, विभिन्न सामाजिक व्यक्तित्वहरू, ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधिमण्डल लगायत अन्य खेलाडीको सहभागिताले, आम जनतामा आयोजनाको  सकारात्मक चेतना जगाउन मद्दत गर्छ र यस्ले १९औँ एसियाली खेलको प्रवर्द्धनमा पनि सहयोग पुग्ने छ " नेपाल ओलम्पिक कमिटीका अध्यक्ष, जीवनराम श्रेष्ठले बताउनु भयो ।

IMG_3527

IMG_3542

IMG_3580

IMG_3596

IMG_3639

IMG_3652

IMG_3625

IMG_3809

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर