नेभिगेसन मेनु

तिब्बत देखि नेपालसम्म गाजिएको लोसारको सांस्कृतिक सम्बन्ध
सम्पादक:南亚网络电视
समय:2023-02-25 19:06

IMG_4591

 नेपालकालागि चिनियाँ राजदूत  श्री. छेन सोङ सहित कार्यक्रममा उपस्थीत अतिथीहरू //तस्विर-एस ए टि भी

नेपालको राजधानी काठमाडौंमा शनिबार चिनियाँ तिब्बती लोसार अर्थात नयाँ वर्ष मनाइएकाे छ । काठमाडौंस्थित चिनियाँ दूतावासले तिब्बती लोसारको उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरेको हो । नेपालका लागि चिनियाँ राजदूत  श्री. छन सोङले सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्नु भएको थियाै । जहाँ चीनका कलाकारहरुको समूहले गीत, नृत्य जस्ता प्रस्तुतिले दर्शकलाई मनोरञ्जन गराएका थिए ।  

IMG_4346

कार्यक्रममा मन्तव्य पेश गर्दैं नेपालकालागि चिनियाँ राजदूत//तस्विर-एस ए टि भी

कार्यक्रम मार्फत राजदूत सोङले चिनियाँ तिब्बती लोसार तिब्बती जनताको सबैभन्दा औपचारिक परम्परागत चाड हो भन्ने जानकारी दिनुका साथै नेपालस्थित चिनियाँ दूतावासको तर्फबाट नेपालमा बसोबास गर्ने सबै तिब्बती स्वदेशीहरूमा शुभकामना सहित कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

"तिब्बतको विकासमा तपाईहरुको सल्लाह र सहयोगका लागि सबै साथीहरुमाझ धन्यवाद ज्ञापन गर्न चाहन्छु " उहाले बताउनु भयो ।

IMG_4534

कार्यक्रममा मन्तव्य पेश गर्दैं एक अतिथि//तस्विर-एस ए टि भी

नेपालमा बसी व्यवसाय गर्ने तिब्बती तथा सञ्चारकर्मी साथीहरुको पनि कार्यक्रममा बाक्लो उपस्थिती देखिएको थियो । तिब्बती स्वदेशीहरूले तिब्बती नयाँ वर्ष मनाउन स्वागत समारोह र सांस्कृतिक गतिविधिहरू आयोजना गरेकोमा दूतावासप्रति कृतज्ञता व्यक्त गरे । उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन सोङलाई सबै अतिथिले खादाद्वारा अभिवादन गरेका थिए । "म व्यक्तिगत रूपमा नेपालमा पनि  चिन जस्तो दिगो र राम्रो नेतृत्व देख्न चाहन्छु" कार्यक्रममा उपस्थित एक अतिथिले बताए ।

IMG_4563

 

कार्यक्रमको औपचारिक शुरुवात गर्न र कार्यक्रमलाई रोचक निर्देशन दिन दुइ कलाकारले चिनियाँ भाषामा स्वागत गीत गाएका थिए । कार्यक्रममा ल्होछारको अवसरमा भेला भएका पाहुनाहरुलाई नेपाली संस्कृतिबीचको सांस्कृतिक विविधता र सहिष्णुता झल्काउने उद्देश्यले नेपाली सांस्कृतिक पोशाक लगाएर नेपाली सांस्कृतिक गीतमा केटा–केटीहरुको समुहमा तीनवटा नृत्य प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो । कार्यक्रमको समापनमा राजदूत छन सोङसहित सबै पाहुनाले शेर्पा र तिब्बतीहरुको परम्परागत रुपमा सामुहिक नृत्यमा सहभागिता जनाएका थिए ।

तिब्बती पात्रो अनुसार चन्द्र महिनाको पहिलो दिनलाई तिब्बती नयाँ वर्षको रूपमा मनाइन्छ। लो' को अर्थ वर्ष वा उमेर, र 'सर' को अर्थ नयाँ वा ताजा हो । त्यसैले लोसारको पूर्ण अर्थ नयाँ वर्ष वा नयाँ युगको सुरुवात हो । तिब्बती नयाँ वर्ष, ल्यसा क्षेत्रको लोकप्रिय परम्परागत चाड मात्र नभई चिनकै अमूल्य सांस्कृतिक सम्पदा मध्य एक मानिने गरिन्छ । तिब्बती नयाँ वर्ष तिब्बती जनताको सबैभन्दा ठूलो चाड हो। चन्द्र महिनाको पहिलो दिन देखि सुरु भएर १५ दिन सम्म मनाइने यस विशेष पर्वमा सम्पूर्ण मानिसहरूले प्राधना गर्ने, उत्सव मनाउने, देवता र मानिसहरूको मनोरञ्जन गर्ने गर्दछन ।

कार्यक्रमका तस्विरहरू

IMG_4444

IMG_4532

IMG_4556

IMG_4563

IMG_4602

IMG_4607

IMG_4623

IMG_4657

IMG_4718

IMG_4744

IMG_4758

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर