नेभिगेसन मेनु

बायोग्यास प्लान्ट पुनर्स्थापना गर्ने तयारी
सम्पादक:南亚网络电视
समय:2023-02-28 16:53

Kathmandu Metropolitan City office KMC office1611128677_1024

काठमाडौं महानगरपालिकाले विगत पाँच वर्षदेखि निष्क्रिय रहेको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउने निर्णय गरेको छ । युरोपियन युनियन र का म पा कार्यालयको आर्थिक सहयोगमा टेकुस्थित विभाग परिसरमा प्लान्ट स्थापना गरिएको काठमाडौं महानगरपालिका कार्यालय वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । घरायसी फोहोरबाट उर्जा उत्पादन गर्ने र गैर-जैवविघटन गर्न नसक्ने फोहोर व्यवस्थापनको दिगो बाटो खोज्ने यस आयोजनाको लक्ष्य रहेको छ । इयुबाट रु ४ करोड ६० लाख र  का म पा कार्यालयको रु १८.०२ करोडको लागतमा निर्माण भएको आयोजना पुनःनिर्माणका लागि स्थानीय सरकारले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्पर्क गरेकाे छ ।

३ हजार किलो जैविक मल, १४ किलोवाट बिजुली र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने यो आयोजना कार्यान्वयन गर्न दैनिक तीन मेट्रिक टन बायोडिग्रेडेबल फोहोर चाहिन्छ। २०७० सालमा सञ्चालनमा आएको यो प्लान्ट सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा पाँच वर्षअघि औपचारिक रूपमा बन्द भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर