नेभिगेसन मेनु

अल्टिमेटम नमान्नेहरुको घरमा इटहरी उपमहानगरले चलायो डोजर
सम्पादक:南亚网络电视
समय:2023-02-13 12:10

itahari_PuBWdJQ1eq

सुनसरी । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा  विस्तार गर्न इटहरी बजार क्षेत्रका थप घरहरु भत्काइएको छ । उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको नेतृत्वमा इटहरी वडा नं. ६ का घरहरु भत्काइएको हो । 

इटहरी उपमहानगरपालिकाले वडा नंं. ९ मा पर्ने सडक क्षेत्राधिकारभित्र पर्ने १४ वटा घरहरु दुई साताअघि भत्काएको थियो । वडा नं. ६ मा पर्ने ३४ घर भत्काउन शनिबार (माघ २८ गते) सम्मको अल्टिमेटम दिएको र कतिपयले अटेर गरेपछि मेयर पौडेल नेतृत्व टोलीले डोजर प्रयोग गरि घर भत्काएको हो । 

मेयर पौडेलका अनुसार ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाईमा भत्काइएको हो । 'अटेर गर्नेहरुको कारण समग्र इटहरीको विकास २० वर्ष पछि भकेलिनु सक्छ त्यसै कारण घरहरु भत्काएका हो,' मेयर पौडेलले भने । 

६ लेन सडक अन्तरगतको बाटोमा पर्ने सबै घर भत्काएरै छाड्ने उनको भनाई थियो । घर भत्काउन अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीन सय मिटर सडक विस्तार हुन सकेको छैन् । सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काउने पनि मेयर पौडेलले बताए । 

इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने बाँकी नै रहेको छ । छ लेन सडक विस्तार आयोजनाका अनुसार इटहरी बजारदेखि उत्तरतर्फ सेनाको मुख्यालयसम्म २०–२० मिटर सडक विस्तार गर्न घर भत्काउनु परेन् ।

फुटपाथ बनाउन भने घर पनि भत्काउनुपर्छ । तर, अहिले त्यो काम अघि बढेको छैन् । आयोजनाले सम्पूर्ण जग्गा लिएर मात्र काम गर्छु भन्दा कुनै पनि काम अघि नबढ्ने निश्कर्ष निकालेर फुटपाथ बाहेकको सडक विस्तार गरेको थियो । 

इटहरी बजारको चौरास्त चोकभन्दा दक्षिणतर्फ भने अहिले २० मिटर सडक  छ। यसमा सरोकारवालासँग भएको सहमति अनुसार दुवैतर्फ १५–१५ मिटर विस्तार गर्ने निर्णय भएपनि घर नभत्काउँदा सडक विस्तार हुन सकेको थिइन् । अब भने वडा नं. ६ का केही घर पनि केही दिनभित्रमै भत्काउने उमहानगरपालिकाले जनाएकाले गर्दा छिटै सडक विस्तार हुनेछ । 

कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानसम्म विस्तार हुन बाँकी छ। पछिल्लो समय धरानको तिनकुनेदेखि सेउतीसम्म झन्डै चार किलोमिटर सडक विस्तार भइसकेको छ लेन सडक विस्तार आयोजना इटहरीकी इन्जिनियर अस्मिता सुवेदीले बताइन् । 

इटहरी ६ का वडाअध्यक्ष दिवस पोखरेलले सडक क्षेत्रभित्रका घरहरु निरन्तर भत्काउँदै जाने बताए । अध्यक्ष पोखरेलले विकासको काममा विरोध नगरौँ भनेर सबै घरवालालाई सम्झाए पनि नमाने पछि डोजर चलाएको बताए । पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । थपिएको समयमा सडक निर्माण पूरा हुने छ लेन सडक विस्तार आयोजनाको दावी  छ ।

२०६९÷०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो समय थप गरिएको छ। पुरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर