नेभिगेसन मेनु

सबैभन्दा धेरै बिक्री हुने बीमालेखमा पर्यो म्यादी जीवन बीमा, सक्रिय बीमालेखको संख्या ४४ लाखमाथि
सम्पादक:南亚网络电视
समय:2023-01-08 13:30

Beema-samiti

काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले विभिन्न नौ प्रकारका बीमा योजना बिक्री गर्दै आएका छन् ।

कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक रोजगार म्यादी, आजीवन, एकल बीमाशुल्क, म्यादी जीवन बीमा र लघु जीवन बीमा योजनामा बिक्री गर्दै आएका हुन् ।

सञ्चालनमा ल्याएका नौ बीमा योजनामध्ये म्यादी जीवन बीमामा भने बीमितको आकर्षण बढी देखिएको छ । अर्थात यी योजनाहरुमध्ये सर्वाधिक बिक्री हुने योजनामा म्यादी जीवन बीमा योजना परेको हो ।


चालु आवको मंसिर महिनासम्ममा सक्रिय बीमालेखको संख्या एक करोड ३९ लाख ८६ हजार ५०५ वटा रहेको बीमा प्राधिकरणको तथ्यांक छ । जसमध्ये सक्रिय म्यादी जीवन बीमालेखको संख्या ४४ लाख ७६ हजार २६२ वटा रहेको छ । जुन कम्पनीहरुमा जारी भएको कुल बीमालेखको ३२ प्रतिशत हुन आउँछ ।

कम्पनीहरुले सो संख्याका बीमालेख जारी गरी ५५ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बीमाको अवधिभित्र बीमितको मृत्यु भएमा निजको हकवालाई बीमावापतको रकम प्रदान गर्ने गरी छोटो अवधिको लागि गरिने बीमालाई म्यादी जीवन बीमा भनिन्छ ।

यस्तो बीमामा बीमा गरिएको अवधिभित्र बीमितलाई केही भएन भने अर्थात बीमित जीवित नै भएमा उक्त अवधिपश्चात कुनै पनि रकम बीमितले पाउँदैनन् । यो बीमा केबल सुरक्षा दिने खालको मात्रै हुन्छ, यसमा लगानी वा बचत हुँदैन ।

यो बीमाको अवधि साधारणतया १,५,७ र १० वर्षको हुने गर्दछ । बीमाको अवधि समाप्त भएपश्चात यसलाई नवीकरण गर्नुपर्दछ, अन्यथा यो बीमा स्वतः समाप्त हुन्छ ।

अन्तमा रकम फिर्ता नपाउने हुनाले यो बीमा जीवन बीमाका अन्य प्रकारहरुभन्दा सस्तो हुन्छ । म्यादी जीवन बीमाका पनि दुई वटा प्रकार रहेका छन् । अस्थायी म्यादी जीवन बीमा र नवीकरणीय म्यादी जीवन बीमा म्यादी जीवनाका प्रकारहरु हुन् ।

यस्तै, बीमा कम्पनीहरुमा जारी भएको कुल बीमालेखमा लघु जीवन बीमाको हिस्सा ३०।१५ प्रतिशत, सावधिक जीवन बीमा योजनाको हिस्सा १४।०४ प्रतिशत, वैदेशिक रोजगार जीवन बीमा योजनाको हिस्सा ८।९४ प्रतिशत, रुपान्तरिक सावधिक जीवन बीमाको हिस्सा ३।६६ प्रतिशत र अग्रिम भुक्तानी जीवन बीमा योजनाको हिस्सा ३।०३ प्रतिशत रहेको छ । यस्तै, आजीवन जीवन बीमा योजनाको हिस्सा ०।९२ प्रतिशत र एकल बीमाशुल्क जीवन बीमाको हिस्सा ०।१६ प्रतिशत छ ।

यस अवधिमा कम्पनीहरुमा सक्रिय सावधिक जीवन बीमा योजनाका १९ लाख ६० हजार २५२, वैदेशिक रोजगार जीवन बीमाका १२ लाख ४९ हजार ७६२ वटा, बालबच्चा सम्बन्धी सावधिक जीवन बीमा योजनाका ८ लाख ५३ हजार ९८९ वटा र रुपान्तरिक सावधिक जीवन बीमा योजनाका ५ लाख १२ हजार ४४१ वटा रहेका छन् ।

यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाका ४ लाख २४ह जार ३५३ वटा, आजीवन जीवन बीमा योजनाका एक लाख २९ हजार ३५३ वटा र एकल बीमाशुल्क जीवन बीमाका २२ हजार ९८५ वटा बीमालेख सक्रिय रहेको प्राधिकरणले जनाएको छ।

व्यवसायलाई भने सावधिक जीवन बीमा कै भर

जीवन बीमा कम्पनीहरुको व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा बढी देखिएको छ ।

मंसिर महिनासम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीहरुको कुल व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा ४०।३२ प्रतिशत हुन आउँछ । यस अवधिसम्ममा सावधिक जीवन बीमाबाट कम्पनीहरुले २३ अर्ब ९९ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले यस बीमा योजनका १९ लाख ६० हजार २५२ वटा कुल बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन् ।

तोकिएको अवधिसम्म किस्ताबन्दी रुपमा बीमाशुल्क तिर्ने र सो अवधिपछि यदि बीमित जीवित छ भने उसैलाई र यदि जीवित छैन भने उसका हकवालालाई बीमांक रकम र आर्जित बोनस९यदि मुनाफामा सरिक हुने गरी बीमा गरिएको भएमा० प्रदान गरिने जीवन बीमालाई सावधिक जीवन बीमा भनिन्छ ।

यस्तो बीमा सामान्यतया पाँच वर्षदेखि ५० वर्ष अवधिको लागि गर्ने गरिन्छ । यस बीमाअन्तर्गत बीमा अवधि बाँकी रहँदा नै बीमितको मृत्यु भएमा निजको हकवालालाई र निज जीवितै रहेमा अवधि सकिएपछि निजलाई नै बीमाको रकम प्रदान गरिन्छ । यो बीमा विकासोन्मुख मुलुकहरुमा बढी प्रचलनमा रहेको पाईन्छ । नेपालमा पनि यो बीमा नै सबैभन्दा धेरै प्रचलनमा रहेको देखिन्छ ।

सावधिक जीवन बीमा पछि जीवन बीमा व्यवसायमा अग्रिम भुक्तानी सावधिक जीवन बीमाको योगदान धेरै देखिन्छ । यस बीमा योजना बिक्री गरी कम्पनीहरुले १३ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, कम्पनीहरुले बालबच्चा सम्बन्धी सावधिक जीवन बीमाबाट ८ अर्ब ५४ करोड १८ लाख रुपैयाँ, रुपान्तरि सावधिक जीवन बीमाबाट ७ अर्ब ७५ लाख ४ हजार रुपैयाँ, आजीवन जीवन बीमा योजनाबाट २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, कम्पनीहरुले लघु जीवन बीमाबाट ९५ लाख ३१ हजार रुपैयाँ, म्यादी जीवन बीमाबाट ५५ लाख २० हजार रुपैयाँ र एकल बीमाशुल्क जीवन बीमाबाट ४१ लाख १५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर