नेभिगेसन मेनु

पेप्सी र माउन्टेन डिउ बेच्ने वरुण बेभरेजले गर्यो ८ अर्बको व्यापार
सम्पादक:南亚网络电视
समय:2023-01-13 16:34

pepsi

काठमाडौं । पेप्सी, माउन्टेन डिउसहित विभिन्न ब्रान्डमा जुस बिक्री गर्दै आएको वरुण बेभरेज प्रालिले एकै वर्ष ८ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८ अर्ब २ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

बोटलर्स नेपाल पेप्सीकोको नेपालका लागि आधिकारिक विक्रेता रहेको कम्पनीले सन् २०२१ मा ६ अर्ब ५४ करोड २० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब १४ करोड १० लाख रुपैयाँ र सन् २०१९ मा ६ अर्ब ८७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले पेप्सी, माउन्टेन डिउ, स्लाइस, मिरिन्डा, सेभेन अप, अक्वाफिना, सोडाजस्ता ब्रान्डका पेय पदार्थ बिक्री गर्दै आएको छ ।

भारतको वरुण बेभरेज लिमिटेडको सहायक कम्पनी वरुण बेभरेज नेपालले अल्पकालीन कर्जाका लागि २ अर्ब ४८ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२२ मा २१.२ प्रतिशतले नाफा कमाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर