नेभिगेसन मेनु

धान उत्पादन ७ प्रतिशत बढ्यो
सम्पादक:南亚网络电视
समय:2022-12-29 20:20

 


काठमाडौं, पुस १४। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चैते र वर्षे धान गरी आर्थिक वर्ष २०७८।७९ मा देशभरि ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको अनुमान गरिएको छ। यो गत वर्षको यही अवधिको तुलनामा ६.९४ प्रतिशतले बढी हो।
गत वर्ष बाली भित्र्याउने समयमा परेको बेमौसमी वर्षाका कारण तराईका विभिन्न जिल्लामा खेती नष्ट हुँदा देशमा धानको उत्पादन ५१ लाख ३० हजार मेट्रिक टनमा सीमित भएको थियो। बितेको सालको तुलनामा यो वर्ष धान उत्पादन बढे पनि दुई वर्षअघिको तहमा पुग्न सकेको छैन।
नेपालमा अहिलेसम्मकै सर्वाधिक धान उत्पादन आर्थिक वर्ष २०७७÷७८ मा भएको थियो। सो वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान फलेको थियो।
मन्त्रायका अनुसार गत वर्षको तुलनामा सवैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिव ३३.३३ प्रतिशतले धान उत्पादन वृध्दि भएको देखिन्छ। गत वर्ष बेमौसमी वर्षका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा उल्लेख्य क्षति भइ उत्पादन उल्लेख्य कमी आएको थियो। यस वर्ष सामान्यीकरण हुँदा उल्लेख्य वृध्दि देखिएको देखिन्छ। लुम्विनी प्रदेशमा १५.२ प्रतिशत, प्रदेश १ मा ५.७२ प्रतिशत र कर्णालीमा ३.४६ प्रतिशत र मधेश प्रदेशमा ०.१८ प्रतिशत उत्पादन वृध्दि भएको देखिन्छ भने बागमती र गण्डकी प्रदेशमा गत वर्षको तुलनामा क्रमश १.४५ र ३.७४ प्रतिशत उत्पादन कमी भएको देखिन्छ।
प्रारम्भिक अनुमान अनुसार प्रदेशगत रुपमा यस आर्थिक वर्षको समग्र धानको क्षेत्रफल, उत्पादन र उत्पादकत्व तलको तालिकामा दिइएको छ।
धानको कुल ग्राहस्थ उत्पादन (जिडिपि)मा ४ प्रतिशत योगदान रहेको छ भने कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादन (एजिडिपि) मा १३ प्रतिशत योगदान रहेको छ।

 

 

तालिका १धानउत्पादनको विगत वर्षहरुको अवस्था र चालु वर्षको क्षेत्रफल र उत्पादनको विवरण

आ.ब.

क्षेत्रफल(हे.)

उत्पादन      (मे.टन)

उत्पादकत्व

(मे. टन/हे.)

बार्षिक उत्पादन वृद्धिदर (प्रतिशत)

२०७३/७४

१५५२४६९

५२३०३२७

.३७

 

२०७४/७५

१४६९५४५

५१५१९२५

.५१

(-)१.५०

२०७५/७६

१४९१७४४

५६१००११

.७६

८.८९

२०७६/७७

१४५८९१५

५५५०८७८

.८०

(-)१.०५

२०७७/७८

१४७३४७४

५६२१७१०

.८२

१.२८

2078/79

1479378

5047005

3.41

(-)8.74

2079/80     

1447789

5486472

3.79

6.94

 

गत वर्षको तुलानमा धान उत्पादन बृद्धिका कारण

गत वर्ष असोज ३० देखि कार्तिक २ सम्मको बेमौसमी वर्षका कारण विशेषगरी लुम्बिनी र सुदुरपश्चिम पदेशमा लाख भन्दा बढी हेक्टरमा लगाइएको धानवालीमा क्षति हुँदा करिब ८.७४ प्रतिशले उत्पादनमा कमी आएको थियो। तर, यस वर्ष मौसम औषत रहेको, केही डिलो गरि भएपनि विशेषगरी तराइका जिल्लामा रासायनिक मलको उपलक्धता रहेको, उनत विउको प्रयोग एवंम हाइविप्रड जातको प्रयोगमा भएको बृद्धि र स्थानीय तहसम्म कृषि प्राविधिको पहुँचमा केही बृद्धि भएको कारण धान उत्पादनमा समान्य बृद्धि भएको हो। यद्यपि यो उत्पादन गत वर्ष बाहेका विगतका अन्य वर्षहरुको तुलनामा केही प्रतिशतले कम नै हो।

 

चालु आर्थिक वर्षमा धान÷चामल÷कनिका आयातमा कमी
केन्द्रिय भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८।७९ बाट धान, चामल, किनिकाको आयात घटदो क्रममा रहेको देखिन्छ। आर्थिक वर्ष २०७७।७८ को तुलनामा आर्थिक गत आर्थिक वर्षमा धान, चामल र कनिकको आायत करिब ४ अर्ब अर्थात ६.३ पतिशले कमी आएको देखिन्छ। आयात भएको धान, चामलमध्ये बासमतीको आयात करिब २ अर्बको रहेको छ।

मन्त्रायका अनुसार खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, फापर लगायत) को आवश्यकताका हिसावले प्रतिव्यक्ति प्रति वर्ष करिव १८१ के.जी र यस हिसावले चामलको उपभोग करिव १२१ के.जी प्रति व्यक्ति प्रति वर्ष हुने देखिन्छ । तर नेपालमा औषत प्रति व्यक्ति प्रति वर्ष करिव १३७ के.जी उपभोग भइरहेको छ । यस हिसावले चामलको आवश्कता करिव ४० लाख मेट्रिक टन चामल रहने देखिन्छ । उत्पादनका हिसावले करिव ५५ लाख धानमा ६४ प्रतिशत (मिलिङ प्रतिशत) ३५ लाख २० हजार मेट्रिक टन चामल उपलव्ध हुने देखिन्छ । यस हिसावले नेपालमा करिव ४ लाख ८० हजार मेट्रिक टन चामल कमी भएको देखिन्छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर