नेभिगेसन मेनु

लोडसेडिङ हटेपछि वर्षेनी विद्युतीय घरायसी सामाग्री आयात बढ्यो, वार्षिक ४ अर्बको खपत
सम्पादक:南亚网络电视
समय:2022-12-26 14:07

household-appliances

काठमाडौं । नेपालमा लोडसेडिङ अन्त्य भएको ६ वर्ष पुगिसकेको छ । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक २०७३ सालको तिहारमा देशवासीलाई लोडसेडिङको मुक्त गरी उज्योलो बनाएकाे थियाे । त्यसअघिसम्म नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा एकाएक लोडसेडिङको अन्त्य भएको थियो ।

२०७३ सालको तिहारबाट शुरु भएको अभियानले अहिले नेपाल लोडसेडिङ मुक्त देश बनेको छ । साथै, पछिल्ला दिनहरुमा भारतमा निर्यातसमेत गर्दै आएको छ । त्यस्तै, सरकारले अहिले पहिलो प्राथमिकता जलविद्युत उत्पादनमा दिएको पाइन्छ ।

विद्युत उत्पादनमा प्रचुर सम्भावना रहेकाले सरकारले पनि विजुली उत्पादनमा जोड दिँदै आएको छ । त्यस्तै, निजी क्षेत्रका व्यवसायीहरुले पनि विद्युत उत्पादनमा ठूलो लगानी गरिरहेका छन् ।

एकातिर लोडेसडङले गर्दा देश उज्यालो भएको छ भने अर्कोतर्फ बिजुली पर्याप्त मात्रामा उपलब्ध भएपछि विद्युतीय घरायसी सामाग्रीको आयात ह्वात्तै बढेको छ । ६ वर्ष अघि दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदा वार्षिक एक अर्बको विद्युतीय घरायसी सामाग्री आयात हुँदैनथ्यो । तर, देशभर लोडसेडिङ अन्त्य भएसँगै वार्षिक अर्बौ रुपैयाँको विद्युतीय घरायसी सामाग्री आयात गरेको देखिन्छ ।

भन्सार विभागको तथ्याङ्अनुसार लोडसेडिङ अन्त्य हुनु अघिसम्म वार्षिक ७७ करोड ६२ लाख रुपैयाँ बराबरको विद्युतीय घरायसी सामाग्री आयात भएको थियो । करिब ६ वर्षको अन्तरालमा उक्त सामाग्रीको आयात चार गुणाले बढेको छ । अर्थात् अहिले वार्षिक ४ अर्बको हाराहारीमा विद्युतीय घरायसी सामाग्री आयात गरेको छ ।

नेपालले आर्थिक वर्ष २०७०/७१ मा ७७ करोड ६२ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख ४३ हजार २४५ वटा घरायसी सामाग्री आयात गरेको थियो , त्यस्तै, आव २०७१/७२ मा ७० करोड ९ लाख ९७ हजार रुपैयाँको १५ लाख २२ हजार वटा विद्युतीय घरायसी सामाग्री आयात गरेको थियो । त्यसपछि विद्युतीय घरायसी सामाग्रीको आयात निरन्तर बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

त्यस्तै, आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब २९ करोड ३० लाख रुपैयाँको, आव २०७३/७४ मा १ अर्ब २१ करोड ४३ लाख रुपैयाँको, आव २०७४/७५ मा १ अर्ब ४९ करोड ५९ लाख रुपैयाँको, आव २०७५/७६ मा १ अर्ब ९५ करोड २१ लाख रुपैयाँको, आव २०७६/७७ मा २ अर्ब १ करोड १६ लाख रुपैयाँको, आव २०७७/७८ मा ३ अर्ब १५ करोड ३० लाख रुपैयाँको र आव २०७८/७९ मा ३ अर्ब ८२ करोड १७ लाख रुपैयाँको विद्युतीय घरायसी सामाग्री आयात गरेको छ ।

साथै, चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्रै १ अर्ब ९५ करोड ९३ लाख रुपैयाँको ५९ लाख ७८ हजार वटा विद्युतीय घरायसी सामाग्री आयात गरेको छ । बजारमा अन्य मौसमको तुलनामा चिसो मौसममा बढी विद्युतीय घरायसी सामाग्री खपत हुन्छ । सोहीअनुसार व्यवसायीहरुले बजारमा विभिन्न प्रकारका विद्युतीय घरायसी सामाग्री आयात गर्दै आएका छन् ।

व्यवसायीहरुले पानी तताउने मेसिन, हेयर ड्रायर, ह्यान्ड ड्राइङ मेसिन, आइरन, माइक्रोओभन, इलेक्ट्रिक कुकर, कफै तथा चिया बनाउने मेसिन, थर्मिक टोस्टर, हिटर, होम अल्पलायन्सजस्ता सामाग्री विभिन्न देशबाट आयात गर्दै आएका छन् ।

त्यसैगरी, सरकारले पनि विजुली खपतका लागि जोड दिँदै आएको छ । सरकारले आन्तरिक बजारमा उत्पादन भएको विद्युत खपतमा जोड दिँदै आएको छ । साथै, सरकारले विद्युत खपत बढाउनका लागि इन्डक्सन चुल्होको प्रयोग बढाउनका लागि विभिन्न कार्य अगाडि बढाएका छन् ।

नेपाल विद्यतीय व्यवसायी महासंघका महासचिव कोमल पोखरेलले विद्युतको पर्याप्तसँगै विद्युतीय सामाग्रीको खपत बढेको बताए । उनकाअनुसार पहिले दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदा विद्युतीय घरायसी सामाग्रीको खपत निकै न्यून थियो । तर, लोडसेडिङ हटेसँगै बजारमा विद्युतीय सामाग्रीको खपत बढेको छ ।

‘नेपालमा उच्च लोडसेडिङ भएको अवस्थामा अधिकांश कामहरु ग्यासको सहायताले हुन्थ्यो,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिले समय फेरिएको छ । पछिल्ला दिनहरुमा अधिकांश घरायसी काम विद्युतबाट भएको पाइन्छ ।’

बजारमा सबैभन्दा बढी चिसो मौसममा विद्युतीय सामाग्री खपत हुन्छ । त्यसमध्ये पनि हिटर र पानी तताउने सामाग्रीको उच्च प्रयोग बढ्नाले आयात बढिरहेको उनको भनाइ छ । साथै, ग्यासभन्दा विद्युत खपत गर्दा सस्तो परेकाले पनि सहज र सजिलो हुने उनले बताए ।

पाँच महिनामा कुन वस्तु कति आयात ?

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर