नेभिगेसन मेनु

भारतले कच्चा खाने तेलको भन्सार महसुल शून्य प्रतिशत बनाएसँगै नेपालको निर्यात ८० प्रतिशतले घट्यो
सम्पादक:南亚网络电视
समय:2022-12-20 18:57

oil

काठमाडौं । भारत सरकारले खानेतेलको मूल्य उच्च बढेको भन्दै भटमास र सूर्यमुखी तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य बनाएको छ ।

भारत सरकारले गत मे महिनामा खाने तेलको कच्चा पदार्थको भन्सार महसुल शून्य बनाएको छ । भारत सरकारको राजस्व विभागले आगामी सन् २०२४ को मार्चसम्म लागू हुने गरी खाने तेलको कच्चा पदार्थको आयातमा भन्सार महसुल शून्य बनाएको हो ।

भारत सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य र जीएसटी ५ प्रतिशत कायम भएको छ ।

नेपालमा कच्चा पादर्थ आयातमा भन्सार महसुल १० प्रतिशत र १३ प्रतिशत भ्याट लाग्छ । जसले गर्दा भारत सरकारले लिएको नीतिले नेपालबाट निर्यात भई बिक्री हुने तेभन्दा सस्तो पर्छ ।

भारत सरकारले कच्चा पदार्थको आयातमा भन्सार महसुल शून्य बनाएसँगै नेपालबाट निर्यात हुने तेलमा उच्च प्रभाव परेको छ । नेपालको निर्यातमा ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको तेलमा भारत सरकारले उक्त नीति अपनाएसँगै भटमास र सूर्यमुखी तेलको निर्यात करिब शतप्रतिशतले घटेको छ ।

भारत सरकारले कच्चा पदार्थको आयातमा शून्य भन्सार दर कायम गरेसँगै भारतमा नै तेलको मूल्य सस्तो हुन्छ । जसले गर्दा भारतमा नेपालबाट प्रशोधन भई निर्यात हुँदै आएको तेलको हिस्सा निकै कमजोर भएको देखिन्छ ।

भन्सार विभागको तथ्याङ्कले पनि भारतमा तेल निकासी हुन नसक्दा निर्यात घटेको स्पष्ट देखाउँछ । अन्य वस्तुको हकमा चार महिनाको अवधिमा घटेको देखिँदैन । तर, तेल निर्यातमा ठूलो गिरावट आउँदा समग्रमा निर्यात नै ३३ प्रतिशतले घटेको देखिन्छ ।

त्यस्तै, चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालबाट ५४ अर्ब ७७ करोड ४३ लाख मूल्य बराबरको वस्तु निर्यात हुँदा १५ अर्ब ५५ करोड २५ लाख ९१ हजार रुपैयाँको करिब ७ करोड लिटर तेल निर्यात भएको छ । निर्यात हुने तेलमा पाम तेलको हिस्सा निकै ठूलो छ ।

नेपालले गत वर्षको सोही अवधिमा ४७ अर्ब ४६ करोड ३७ लाख ५६ हजार रुपैयाँको २२ करोड ५५ लाख ४६ हजार लिटर तेल निर्यात भएको थियो ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको चार महिनाको अवधिमा तेल निर्यात ६७।२३ प्रतिशतले घटेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यस्तै, भारत सरकारको भन्सार महसूल शुल्क शून्य बनाएको नीतिले भटमास र सूर्यमुखी तेलको निर्यातमा ८०।५६ प्रतिशतले गिरावट आएको छ ।

गत वर्ष नेपालबाट २६ अर्ब ४० करोड ११ लाख रुपैयाँको ११ करोड ७१ लाख ८३ लिटर भटमासको तेल र २ अर्ब ३ करोड ७९ लाख रुपैयाँको १ करोड २ लाख ७६ हजार लिटर सूर्यमुखी तेल निर्यात भएको थियो ।

तर, यो वर्षको सोही अवधिमा ५ अर्ब ३२ करोड २३ लाख रुपैयाँको २ करोड ११ लाख ५४ हजार लिटर भटमासको तेल र २० करोड ४२ लाख २७ हजार रुपैयाँको ९ लाख ८५ हजार लिटर सूर्यमुखी तेल निर्यात भएको छ । जुन निकै कम हो ।

नेपालमा प्रशोधन भई निकासी हुने अधिकांश तेल भारततर्फ हुँदै आएको छ । नेपालको निर्यात हुने तेलको शतप्रतिशत बजार भनेकै भारत हो । त्यसैले, भारत सरकारले जुनसुकै निर्णय लिएपनि प्रत्यक्ष असर देखिन्छ ।

भारत सरकारले उपभोक्ता सस्तो र सरल तरिकाले खानेतेल उपभोग गर्ने निर्णयले भने नेपालका उद्योगीहरु समस्यामा परेका छन् । गत वर्ष नेपालले हालसम्मकै सबैभन्दा बढी तेल निर्यात गरी नयाँ इतिहास कायम गरेको थियो ।

भारत सरकारले त्यस बेला कच्चा पदार्थ आयातमा भन्सार शुल्क कायम गरेको थियो । जसमा भारतले कच्चा पदार्थ आयात भई प्रशोधन गरी बजारमा बिक्री गर्दा नेपालबाट निर्यात हुने तेलभन्दा महंगो पथ्र्यो । त्यसैले गर्दा नेपालबाट उच्च परिमाणमा तेल निर्यात भएको थियो ।

भारतमा तेल निकासी बढेसँगै नेपालमा रहेका अधिकांश तेल उद्योगको व्यापारमा उछाल आएको थियो । तर, अहिले भारतले आफ्नो उपभोक्ताको पक्षमा निर्णय गर्दा ५० अर्बभन्दा बढी लगानी रहेको नेपाली उद्योगमा भने समस्या सिर्जना भएको छ ।

नेपालमा तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमा उत्पादन हुँदैन । नेपालले इन्डोनेसिया, अर्जेन्टिना, मलेसिया, युक्रेन, रसियालगायत अन्य विभिन्न देशबाट कच्चा पदार्थ आयात गर्दै आएको छ । सोही आयातित तेल प्रशोधन गरी उद्योगी व्यवासायीहरुले आन्तरिक बजारमा आपूर्ति गरेसँगै भारतसमेत निर्यात गर्दै आएको छ ।

आयात ३१ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको चार महिनाको अवधिमा तेल निर्यात घटेसँगै आयात पनि ३१ प्रतिशतले घटेको छ । गत वर्ष ५४ अर्ब ६५ करोड ७ लाख रुपैयाँको पाम, सूर्यमुखी भटमासको कच्चा पदार्थ आयात गरेको थियो ।

यो वर्षको सोही अवधिमा ३७ अर्ब ७९ करोड ७६ लाख रुपैयाँको १९ करोड २७ लाख ८७ हजार लिटर तेलको कच्चा पदार्थ आयात गरेको छ ।

सो अवधिमा १८ अर्ब ३३ करोड ७३ लाख रुपैयाँको कच्चा भटमास तेल, १४ अर्ब ३८ करोड १२ लाख रुपैयाँको कच्चा पाम तेल र ५ अर्ब ५ करोड ७० लाख रुपैयाँको कच्चा सूर्यमुखी तेल आयात गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर