नेभिगेसन मेनु

७८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य
सम्पादक:南亚网络电视
समय:2023-01-12 13:47

rajashwo-1024x647

काठमाडौं । आयकर तिर्ने अन्तिम दिन आगामी ३० गते शनिबार पनि राजस्व संकलन हुने भएको छ । सार्वजनिक बिदाको दिन आगामी शनिबार राजस्व संकलन गर्ने बैंकहरूका शाखा तथा काउन्टरसँग समन्वय गरी सेवाग्राही एवं करदातालाई सहजरूपमा कर बुझाउने व्यवस्था मिलाइएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले विभागले करदाता एवं सेवाग्राहीलाई पुस मसान्तभित्र बुझाइसक्नुपर्ने आयकर तिर्न कुनै समस्या नहोस् भन्ने उद्देश्यले राजस्व उठाउँदै आएका विभिन्न बैंकका शाखा एवं काउन्टर आगामी शनिबार बिदाको दिन पनि खुला गर्ने निर्णय गरिएको जानकारी दिए । पुस महिना आयकर शीर्षकमा मात्रै ७८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको विभागले जनाएको छ ।

आयकर तिर्ने अन्तिम दिन शनिबार पनि राजस्व संकलन हुने

मैनालीले आगामी ३० पुसको दिन शनिबार सार्वजनिक बिदा परेकाले सो दिन पनि राजस्व संकलनमा कुनै प्रभाव नहुनेगरी राजस्व संकलन गर्दै आएका सबै बैंकका शाखा एवं काउन्टर खुला रहने जानकारी दिए ।

विभागका महानिर्देशक मैनालीले हाल मुलुकभर राजस्व बुझाउने कुल ८४ वटा बैंक शाखा एवं राजस्व संकलन काउन्टर रहेको बताए ।

विभागका अनुसार पुस महिना आयकरवापतको पहिलो किस्ताको ४० प्रतिशत रकम अग्रिम भुकतानी गर्नुपर्ने कानुनी व्यावस्था छ । सोही व्यवस्थाअनुसार सेवाग्राही एवं करदातालाई अबको केही दिन पुस मसान्तसम्म जसरी पनि आफ्नो व्यवसायमा गरिएको आयकरवापतको पहिलो किस्ता राजस्व रकम बुझाइसक्नुपर्ने दबाब छ ।

यस्तो दबाबको बेला करदाता एवं सेवाग्राहीलाई सहजरूपमा कर बुझाउने वातावरण बनाउनका लागि आगामी शनिबार पनि राजस्व तिर्ने बैंकका शाखा एवं काउन्टर खुला हुने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

अहिले सरकारको राजस्व संकलन अपेक्षाकृतरूपमा हुन सकेको छैन । यस्तो अवस्थामा सेवाग्राही एवं सम्बन्धित करदातालाई सहजरूपमा राजस्व बुझाउन सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्न यस्तो व्यवस्था गरिएको विभागको भनाइ छ ।

अपेक्षाकृतरूपमा कर उठाउन अनेक प्रयास गर्दासमेत हालसम्म लक्ष्यअुनुरूप राजस्व संकलन गर्न नसकेको सरकारलाई यो महिना अधिकतम राजस्व उठाउनुपर्ने दबाब छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर