नेभिगेसन मेनु

पाँच महिनामा नेपालको व्यापार घाटा ६ खर्ब, ६७ अर्बको मात्रै निर्यात
सम्पादक:南亚网络电视
समय:2022-12-22 17:51

import_Export

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले करिब ६ खर्बको व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागको तथ्याङ्अनुसार साउनदेखि मंसिरसम्ममा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको देखाउँछ ।

गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । जुन १८।७७ प्रतिशतले कमी हो ।

नेपालले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । गत वर्षको तुलनमा यो वर्ष २०।७१ प्रतिशतले आयात घटेको तथ्याङ्कले उल्लेख गर्छ ।

त्यसैगरी, पाँच महिनाको अवधिमा ३४।६१ प्रतिशतले निर्यात घटेको छ । गत वर्ष नेपालले पाँच महिनाको अवधिमा १ खर्ब २ अर्ब ९२ करोड ५ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । तर, यो वर्षको सोही अवधिमा नेपालले ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

त्यस्तै, नेपालले पाँच महिनाको अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । जसमा यो वर्ष २२।२३ प्रतिशतले घटेको छ ।

साथै, नेपालले पाँच महिनाको अवधिमा आयातित वस्तुबाट १ खर्ब ५४ अर्ब १३ करोड ३६ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर