नेभिगेसन मेनु

आधाभन्दा बढी नेपाली वित्तीय साक्षर, ब्यांकबाट कर्जा लिने १७ प्रतिशत मात्रै
सम्पादक:南亚网络电视
समय:2022-12-23 16:41

atm_1620908894

नेपाल राष्ट्र ब्यांकले पहिलो पटक गरेको वित्तीय साक्षरता सम्बन्धी सर्वेक्षणका अनुसार, ५७.९ प्रतिशत नेपाली वित्तीय रुपमा साक्षर छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै वित्तीय साक्षरता रहेको देखिएको छ भने मधेस प्रदेशमा सबैभन्दा कमी वित्तीय साक्षरता रहेको अध्ययनले देखाएको छ।

वित्तीय साक्षरतामा सबैभन्दा बढी अङ्क बागमती प्रदेशको ६४.५ प्रतिशत पाइएको छ भने मधेस प्रदेशमा सबैभन्दा कम ५२ प्रतिशत रहेको छ।

सर्वेक्षणले तीन मुख्य आयाम वित्तीय ज्ञान, वित्तीय व्यवहार र वित्तीय मनोवृत्तिको आधारमा निष्कर्ष निकालेको हो। जसअनुसार, वित्तीय ज्ञानको स्तर ४७.३ प्रतिशत, वित्तीय व्यवहारको स्तर ६३.५ प्रतिशत र वित्तीय मनोवृत्तिको स्तर ६२.९ प्रतिशत छ। २७.५ प्रतिशत वयस्कले मात्रै सबै अवधारणाको आधारमा न्यूनतम अंक पाएको देखिएको छ।

सर्वेक्षणले वृद्धमा भन्दा युवामा, महीलामा भन्दा पुरुषमा, अनौपचारिक क्षेत्रमा काम गर्ने भन्दा औपचारिक क्षेत्रमा काम गर्ने जनशक्तिमा बढी वित्तीय साक्षरता रहेको देखिएको छ ।

सर्वेक्षणले ७१ प्रतिशत वयस्कले वचत खाता सञ्चालन गरेको, २६.८ प्रतिशतले जीवन बीमा गरेको देखाएको छ। यद्यपि, ब्यांकबाट ऋण लिने वयस्क जम्मा १७.६ प्रतिशत मात्रै छन्। सर्वेक्षणमा ४६.३४ प्रतिशत वयस्क जनसंख्याले कर्जा प्रयोग गरेको भए पनि १७.६ प्रतिशतले मात्र ब्यांकबाट कर्जा लिएको देखिएको हो।

राष्ट्र ब्यांकले देशभरिका १८ वर्षमाथिका नौ हजार ३६१ जनासँग सर्वेक्षण गरेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर